2026-09-01 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्विप अप्रेशन’ शुरु

असार १५, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्विप अप्रेशन’ शुरु भएको छ । निकुञ्जको अमलटारी क्षेत्रको खोरिया मुहान र गैँडा खासा क्षेत्रबाट अप्रेशन शुरु गरिएको हो । 

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जलाई १० भागमा विभाजन गरेर स्विप थालिएको हो । आज अप्रेशनमा सात हात्ती परिचालन गरिएको छ । निकुञ्जका कर्मचारी, नेपाली सेना र माउतेहरु गरी २५ जनाको टोली उक्त कार्यमा जुटेको उहाँले जानकारी दिनुभयो । सम्बन्धित क्षेत्रमा रहेका पोष्टका सुरक्षाकर्मी र कर्मचारी अप्रेशनमा जुटेका छन् । झण्डै १० दिनसम्म यो कार्य जारी रहनेछ । शुरुआत अमलटारी क्षेत्रबाट भए पनि एक–दुई दिनमा दशै ठाउँमा काम शुरु हुने घिमिरेले बताउनुभयो । सो क्रममा चुरे क्षेत्रमा राति बसेर गस्ती गर्ने तयारी गरिएको छ ।

बर्सातको समय चोरी–शिकारका दृष्टिले संवेदनशील मानिन्छ । बर्सातसँंगै घाँस उम्रिएर झाडी बन्ने, बाढीले गस्ती गर्न कठिन हुने, सडक र पुल भत्कने, मानिसलाई हात्तीसम्म पुग्नसमेत कठिन हुन्छ । सोही कारण बर्सातअघि पूरै क्षेत्र भ्याउने गरी स्विप गर्न लागिएको हो । निकुञ्जको विगतको तथ्याङ्कलाई हेर्दा यो समयमा धेरै चोरी–शिकार भएको देखिन्छ । यसैलाई मध्यनजर गर्दै निकुञ्जले चोरी–शिकार नियन्त्रणका लागि नयाँ रणनीति निर्माण गरी स्विप कार्यलाई अघि बढाएको हो । निकुञ्जमा ५३ स्थायी पोष्ट छन् । 

निकुञ्जमा पैदल, साइकल, हात्ती, डुङ्गा, कुकुर र गाडीबाट गस्ती गरिँदै आएको छ । यो निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिँगे गैँडा र पाटेबाघका लागि प्रख्यात छ । गस्ती बढेसँगै दुई वर्षयता शिकारीले गैँडा मार्न पाएका छैनन् । शसस्त्र द्वन्द्वका समयमा एकै वर्षमा ३६ वटासम्म गैँडा तस्करले मारेका थिए ।  

 चितवनमा दुई प्रतिशत मात्र रोपाइँ

वर्षा नहुँदा मध्य असारसम्म पनि जिल्लामा थोरै जग्गामा धान रोपाइँ भएको छ । देशभर किसानले दही चिउरा खाएर रमाइलो गर्दा यहाँका किसान धान रोपाइँ गर्न आकाशतिर हेरेर पानीको पर्खाइमा छन् । 

कृषि ज्ञान केन्द्र भरतपुरका बाली विकास अधिकृत माधव पौडेलका अनुसार शुक्रबारसम्म दुई दशमलव पाँच प्रतिशत मात्र धान रोपाइँ भएको छ । मनसुन सक्रिय नभएका कारण किसानले धान रोप्न नपाएको उहाँले बताउनुभयो । गत वर्ष यतिबेला १५ प्रतिशत धान रोपाइँ भएको थियो । बीउ डढ्दा उत्पादन घट्ने कृषकलाई चिन्ता छ । जिल्लामा २८ हजार छ सय हेक्टरमा बर्खे तथा र पाँच सय हेक्टरमा चैते धान रोप्ने गरिएको पौडेल बताउनुहुन्छ । बर्खे धानको उत्पादकत्व तीन दशमलव चार मेट्रिक टन तथा चैते धानको उत्पादकत्व चार दशमलव दुई मेट्रिक टन रहेको छ ।  यसैबीच कृषि ज्ञान केन्द्र र भरतपुर महानगरपालिकाको सहयोगमा पश्चिम चितवनको दिव्यनगरमा १६औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । बृहस्पति धानबाली पकेट सञ्चालक समितिले कार्यक्रमको आयोजाना गरेको हो । कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, प्रजिअ जितेन्द्र बस्नेत र कृषि ज्ञान केन्द्रका प्रमुख सुधिर श्रेष्ठले एकीकृत खेती प्रणाली अपनाएर उत्पादकत्व बढाउनुपर्नेमा जोड दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला