2026-08-24 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रवीणको जीवनरक्षाको याचना

केदार मगर, असार १५, खोटाङ । न ऋण, न धन । मणिराम राईको परिवार ‘दुःख–सुख’ आराम साथ नै चलिरहेको थियो । ५५ वर्षीय मणिराम, श्रीमती र एक मात्र सन्तान प्रवीणसँग जीवन बिताइरहेका थिए । हाम्रो समाजमा यस्तो परिवारलाई एकल तथा सुखी परिवार भनिन्छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित देउसाली गाउँका उक्त परिवारमा पछिल्लो समय एक्कासि आपत्ति आइलागेको छ । एक्लो सन्तान भएर ‘पुल्पुलाएरै’ हुर्काइएको २४ वर्षीय छोरा प्रवीण तीन वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका थिए । 

भविष्यमा परिवारको भार थाम्न भनेर मलेसिया गएका प्रवीणले धनको साटो ऋण थपेर फर्किए । त्यो ऋणको त खासै हिसाब नगरे नि हुन्छ । तीन वर्ष मलेसिया बसेर रित्तै जसो फर्किएका प्रवीण जब गाउँ आए एक्कासि समस्या देखाप¥यो ।

भनिन्छ, “ऋण लागोस् तर दीन नलागोस् ।” प्रवीणको परिवारमा ‘दीन र ऋण’ दुवै लागेको छ । मणिराम र उनकी श्रीमतीको आशा तथा भरोसाको केन्द्र उनै प्रवीण अहिले जीवन–मरणको दोसाँधमा छन् । मणिराम आफँै पीडित त्यहीँमाथि छोरा एक्कासि आमाशय (आन्द्राभुँडी)को क्यान्सरले थलिएका छन् । “बुबाछोरा एकै चोटि बिरामी परेका छन्”, प्रवीणको फुपू विरस राईले भन्नुभयो, “बुबा फोक्सोको बिरामीले केएमसी अस्पतालमा र छोरालाई भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराउन बाध्य भयौँ ।”

फुपू विरसका अनुसार बुबा मणिराम त केही विशेक भएका छन् तर छोरा प्रवीणको अवस्था पछिल्लो समय नाजुक र दयनीय  बन्दै गएको छ । एक मात्र सन्तान प्रवीणलाई उपचार गराउँदा रु सात लाखभन्दा बढी खर्च भइसकेको आमा आशाले बताउनुभयो । “शुरुमा काठमाडौँस्थित केएमसी अस्पतालमा उपचार गराइएको प्रवीणलाई अहिले भक्तपुरस्थित क्यान्सर अस्पतालमा राखिएको छ”, उहाँले भन्नुभयो, “तर ठीक भएन । अप्रेशन गर्न नमिल्ने गरी आमाशयमा क्यान्सर भएको डाक्टरले बताएका छन् । मासिक रु ९० हजार उपचार खर्च बुझाउनुपर्छ ।”

परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि चार महीना उक्त अस्पतालमा राखेर अस्पतालकै निगरानीमा कोठा भाडामा लिएर राखिएको आफन्तले बताएका छन् । “रु ४५ हजारका दरले महीनामा दुई पटक किमो चढाउँदै राखिएको रहेछ”, आफन्त खविराज राईले भन्नुभयो, “किमोकै भरमा मात्र बाँच्ने दीर्घकालीन उपचार नहुँदोरहेछ, किमो चढाएर खर्च मात्र गर्नुभन्दा हस्पिटलबाट निकाल्नु डाक्टरले सुझाव दिएपछि अहिले कोठा भाडामा लिएर राखिएको रहेछ ।”

अहिले प्रवीणलाई ललितपुर सातदोबाटोस्थित ‘अन्तिम विकल्प’ नामक स्वास्थ्य संस्थामा आयुर्वेदिक पद्धतिको उपचार गराई राखिएको जनाइएको छ । आयुर्वेदिक पद्धतिको उपचारले दश महीनामा ठीक बनाउने आश्वासन दिएको आफन्तले जनाएका छन् । अहिले अपनाइएको आयुर्वेदिक पद्धतिको उपचारमा पनि महीनामा रु ४५ हजारभन्दा बढीको औषधि तथा उपचार खर्च लाग्ने जनाइएको छ । उपचारका क्रममा ऋणमा डुबेका मणिराम दम्पती अहिले छोराको जीवन रक्षार्थ अपिल गरिरहेका छन् ।

प्रवीणलाई बचाउन सकिने सम्भावना भए पनि पैसाको जोहो गर्न अत्यन्तै समस्या भएको फुपू विरसले बताउनुभयो । सबैले सहयोग गरी प्रवीणलाई बचाइदिन उहाँले सबैसँग अनुरोध गर्नुभएको छ । ‘प्रवीण बचाऔँ’ भन्दै देशविदेशमा रहेका खार्मीवासी, जिल्लावासी तथा आफन्त–शुभचिन्तकहरु अभियानमा जुटेका छन् । उनको जीवन रक्षार्थ सहयोगका लागि एनआइसी एशिया बैंकमा खाता सञ्चालन गरिएको जनाइएको छ । 

प्रवीणलाई बचाउनका लागि उक्त बैंकको खाता नम्बर (एच ००२०१५४१४५५२४०१) मा सकेको सहयोग रकम जम्मा गर्न सकिने आफन्त सन्तोष राईले जनाउनुभयो । “प्रवीणलाई नयाँ जीवन दिन सकिने अभियन्ताहरुको आत्मविश्वास छ”, उहाँले भन्नुभयो, “हामी सबै जुट्यौँ भने जुनसुकै हालमा पनि उनलाई बचाउन सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन