Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चितवनमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु, एक जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असार १६, चितवन ।</b> नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।&nbsp;</p><p>जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेका छन् । घाइते हुनेमा सिन्धुली वुलन्जुका ३५ वर्षीय मुरारीप्रसाद बराल रहेका छन् । घाइते बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बरालको अवस्था गम्भीर रहेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।&nbsp;</p><p>नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख २६५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका–२९ खहरे पुलमा आइतबार राति एकापसमा ठक्कर खाएको हो । ठक्कर खाँदा मोटरसाइकल चालक चौधरीको घटनास्थलमानै मृत्यु भएको हो ।&nbsp;&nbsp;</p>