Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

न्यायलयबाट कार्य सम्पादन छिटो छरितो हुँदै

By साझासवाल 8 मिनेट पढाइ

दान बहादुर बुढा | असार १६, मुगु | सरकारी  काम कहिले जाला घाम भन्ने नेपालीको उखान अनुसार गाँउघरमा सरकारी न्यायलयबाट सम्पादन हुने काम कारवाहिलाई व्याग्य गरि बोलिदै आएपनि  पछिल्लो समयमा  भने यो उखान विपरित भएको छ । मुगु जिल्ला अदालत बाट हुर्ने अदालतीय कार्य सम्पादन  छिटो छरीतो हुन थालेका छन ।

मुगु जिल्ला अदालतबाट सम्पादन हुने न्याय सम्वन्धि कामहरु विगत बर्षहरुमा ढिलो,झन्झटिलो र खर्चिलो हुने भएपनि हाल सहज र छिटो कार्यसम्पादन हुन थालेको हुन ।

मुगु जिल्ला अदालतले आज एक कार्यत्रलममा पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत गरेको आफनो १ बर्ष कार्य सम्पादनलाई विगतका बर्षहरुसंग तुलना गर्दा अदालती कामकारवाहि छिटो,छरितो र कम खर्चिलो हुदै गएको रिपोट सावजनिक गरेको छ  ।

श्रेस्तेदार रुद्र प्रसाद अर्यालले प्रस्तुत गर्नु भएको कार्य प्रगती अनुसार सवोच्च अदालतले यो आःव मा अदालतमा आउने मुदा्रहरुमा७५ प्रतिशत फस्यौट लक्ष्य निर्धारण गरेपनि अदालतले शत प्रतिशत मुदा्र फस्यौट गरेको पाईएको छ । यो बर्ष ८६ वटा मुदा्र दर्ता भएका छन  भने गत बर्षका ३३ मुदा्र अल्या भएर यो बर्ष दायित्व सर्दा कुल ११९  मुर्दा दायित्वमा आएकोमा ८८ मुदा्र किनारा लगाईएको छ भने ३१ वटा प्रकृयामा रहेका बताईएको छ ।

दर्ता भएका मुदा्रहरुलाई विषयगत रुपमा छुटाउदा यो बर्ष फौजदारी सरकार वादीमा २६ मुर्दा दर्ता भएकामा १६ मुर्दा फूयौट गरि १० बाकी रहेका छन,व्यक्तिगत देवानीमा २८ मुर्दा दर्ता भएकोमा १९ वटाको फस्यौट भएर ९ मुर्दा मात्र बाकी रहेका छन भने  दुनियावादी फौजदारीमा दर्ता भएका ५७ मुर्दा मध्य ४७ को फैसला भएर ९ मुर्दा बाकी रहेका छन । यस्तै पुनरावेदनमा दर्ता भएका ३ मुर्दामा ३ वटै फस्यौट भएकाछन । जिल्ला मै पहिलो चाटी दर्ता भएको वन्दि प्रत्यक्षीकरणको १ मुर्दामा सुनुवाई गदै जिल्ला अदालतले आरोपित पिडितलाई रिहा गरेको देखिएको छ भने निषेधआज्ञा रिट निवेदनमा परेका ४ मुदा्रमा २ फस्यौट भएका छन भने दुई बाँकी रहेको पनि अदालतले जनाएको छ ।

पत्रकारहरुले देशभरका अदालतहरुमा सम्वन्ध विक्षतका मुदा्र बढी रहेका बारे मुगुको अवस्था बारे जिज्ञासा राख्दा श्रेस्तेदार अर्यालले मुगुमा पनि विगतका बर्षहरु भन्दा सम्वन्ध विच्छेदका मुद्घा बढदै गएको बताउनु भयो । उहाँका अनुसार यो बर्ष अदालतमा दर्ता भएका २१ सम्वन्ध विच्छेदका मुद्घाहरुमा १८ वटाको फैसला भैसकेको र ३ वटा प्रकृयामा रहेको छन भने २१ मा ३ सम्वन्ध विच्छेदका लागी श्रीमानले मुद्घा दायर गरेका थिए ।

विगत बर्षहरुमा जिल्लामा न्यायाधिस नियमित नबस्दा र पयाप्त कर्मचारी नहुदा अदालतबाट प्रवाह हुने सेवा सुविधा ढिलो हुने गरेपनियो बर्षको शुरुवातीबाट जिल्ला न्यायाधिस नियमित बस्ने गरेको र पयाप्त कर्मचारी पनि भएकाले अदालतमा आउने विभिन्न मुद्घा समय मै किनारा लाग्ने गरेको पनि श्रेस्तेदार अर्यालले बताउनु भयो ।

समय मै अदालतमा दिएका उजुरी माथी सुनुवाई हुन थालेपनि अदालत प्रतिको विश्वास दिन प्रति दिन बढदै जान थालेको छ । विगतमा अदालतमा कहि कतै मुद्घा परिहाले समयको बर्बाद, आर्थिक स्थिती घटदै जाने र झन्भट हुने पिर हुन्थ्यो अनि बषौ सदरमुकाम धाउनु पथ्यो तर एक बर्ष यता अदालतमा छिटो छरितो काम हुन थालेको कुटपिटमाको मुद्घामा हालै न्याय पाएका सोरु गाँउपालिका नेर गाँउका केआई सिंह मल्लले बताउनु भयो

यस्तै अनुभव खत्याड गाँउपालिका गम्थाका जयकृष्ण जैशी सुनाउनु हुन्छ । उहाँलाई प्रहरीले विना कारण आफनै घरबाट गिरप्तार गरेपछि आफुले बन्धी प्रत्यक्षीकरणको मुदा्र अदालतमा हालेको छिटै फैसला भएर आफु रिहा भएको र विगतको कार्य अनुभवले वाक्क भएको  आफुले यती छिटो फैसला हुदा भने अचम्म परेको भन्नुहुन्छ ।