२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष विश्वविद्यालयभित्र बस्न मान्दैनन्

१८ असार २०७६, बुधबार ०५:३१

असार १८, चितवन | कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा बस्दै आएका छन् । आवासीय विश्व विद्यालयको रूपमा रहेको यस विश्वविद्यालय हाताभित्र पदाधिकारी, प्राध्यापक र कर्मचारीका लागि आवासको व्यवस्था रहेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकाल भने विश्वविद्यालयको हाताभित्रको आवासमा बस्दै आउनुभएको छ । रजिष्ट्रार प्रा डा मनराज कोलाक्षपती र सेवा आयोगका अध्यक्ष रामनाथ ओझा भरतपुरमा घर भाडामा लिएर बस्दै आउनुभएको छ । ढकालले दुवै जनालाई भित्र आवासको व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

भित्र बस्दा त्यहाँको समस्या थाहा हुने र व्यवस्थापन गर्न सहज हुने उपकुलपति ढकालले बताउनुभयो । उहाँका अनुसार दुवै जनाले भरतपुरको आवास छोडेर रामपुर जान चाहनुभएको छैन । विश्वविद्यालयका लेखाप्रमुख विष्णु देवानका अनुसार दुई आवास भरतपुरमा व्यवस्थापन गर्न रु ५० हजार हाराहारी मासिक खर्च हुने गरेको छ । शिक्षा मन्त्रीको निर्देशनपछि काठमाडौँमा रहेको विश्वविद्यालयको कार्यालय हटाइएको छ । काठमाडौँमा विश्वविद्यालयको आवास भने अहिले पनि रहेको छ । भरतपुरमा समेत विश्वविद्यालयको आवास राखिएकोमा हालै मात्र हटाइएको छ ।

विश्वविद्यालयमा समय समयमा बन्द, हड्ताल, आन्दोलन हुने भएकाले यी सबै कार्यलाई छलेर बजारमा रमाउन पदाधिकारीहरु भरतपुर बस्ने गरेको आरोप लागेको छ । भरतपुर विश्वविद्यालयबाट १० किलोमिटरको दुरीमा छ । रजिष्ट्रार कोलाक्षपतीले भरतपुर बसे पनि अधिकांश समय रामपुरमा रहने गरेको जिकिर गर्नुभयो । यसअघि भरतपुरमा विश्वविद्यालयको केन्द्रीय कार्यालय हुँदा तत्कालीन उपकुलपति बस्नका लागि भाडामा लिइएको आवास नै कोलक्षपतीले प्रयोग गर्दै आउनुभएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ