२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा बन्नेभयो, विश्वकै अग्लो स्थानको ‘स्मार्ट फिल्म सिटी’

२०७६, १८ असार बुधबार १५:०९

नारायण ढुङ्गाना, असार १८, काठमाडौँ । लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ । पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’का लागि आज नेपालको स्काइ इन्टरटेनमेन्ट प्राली र इटालीयन निर्माण कम्पनी वल्र्ड एरिया होल्डिङ् एसआरएलबीच सम्झौता भएको छ । निर्माण सम्पन्न भए यो विश्वकै अग्लो स्थानमा भएको स्मार्ट फिल्म सिटी हुनेछ । सो क्षेत्र दुई हजार ६० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइमा रहेको छ । 

विश्वस्तरको अत्याधुनिक प्रविधिसहित झण्डै १६ वटा फिल्म छायाङ्कन स्थल निर्माण गर्ने लक्ष्यसहित उक्त परियोजना सञ्चालनका लागि नेपालको स्काइ इन्टरटेनमेन्ट प्रालीका अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिङ्नोरिल्लोबीच आज काठमाडौँमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको उक्त समारोहमा आफ्ना भनाइ राख्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘स्मार्ट फिल्म सिटी’ नेपालको चलचित्र क्षेत्रकै लागि ‘माइल स्टोन’ भएको प्रतिक्रिया दिनुभयो । झण्डै रु छ अर्बको लगानीमा निर्माण हुने फिल्म सिटीको डिपिआरको काम आगामी तीन महीनाभित्रमा शुरु गर्ने परियोजना संयोजक राजेशकुमार पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकतम सात वर्षमा परियोजना सम्पन्न हुने लक्ष्य छ । 

उक्त परियोजनाअन्तर्गत १६ वटा चलचित्र छायाङ्कन स्थल निर्माण गर्न सकिने भए पनि पहिलो चरणमा भने १२ वटा निर्माण गरिने जनाइएको छ । परियोजनाभित्र तारे होटल, चलचित्रको अध्ययन गर्ने कलेज, केबुलकार, अग्र्यानिक फार्म, विभिन्न खेलकूदस्थल तथा विभिन्न देश र नेपालको मौलिक पहिचान बोकेका भौतिक संरचना नमूनाका रुपमा निर्माण गरिनेछ । 

‘वल्र्ड स्काइ सिने भिलेज नेपाल’को नाममा निर्माण हुने फिल्म सिटीमा विश्वस्तरको प्रविधि प्रयोग गरेर फिल्म छायाङ्कन गर्ने स्टुडियो बनाइनेछ । हिमालको अगाडि गल्फ, बञ्जीजम्प, प्याराग्लाइडिङ र स्वीमिङ पुलसमेत बन्नेछ ।

यस्तै काठमाडौँका महत्वपूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका सम्पदा जस्तै भौतिक संरचना बनाइने स्काइ इन्टरटेनमेन्ट प्रालि नेपालका अध्यक्ष आकास अधिकारीले बताउनुभयो । 

“नेपालमा कुनै अत्याधुनिक प्रविधिको छायाङ्कनस्थल छैन, जसका कारण विदेशी चलचित्रकर्मी अर्कै देश जान बाध्य छन्, फिल्म सिटीले उनीहरु यहाँ आएर पूर्ण फिल्म निर्माण गर्न सक्ने छन्”, अधिकारीले भन्नुभयो । उहाँले परियोजना सम्पन्न भएपछि आउट डोर र इन्डोर सबै छायाङ्कन गर्न सक्ने बताउनुभयो । यस्तै दुई कम्पनीबीच एशिया क्षेत्रको व्यवस्थापन नेपाली कम्पनीले र अन्य मुलुकको व्यवस्थापन इटालीयन कम्पनीले गर्नेसमेत सहमति भएको उहाँले बताउनुभयो ।

वल्र्ड एरिया होल्डिङ एसआरएल इटालीका अध्यक्ष फ्रान्सिस्कोले सम्झौतापछि सङ्क्षिप्त भनाई राख्दै पहिलो घर रोम रहेको र अब दोस्रो घर नेपाल बन्न लागेको उल्लेख गर्दै नौलो परिवेषमा प्रवेश गरेकामा खुशी व्यक्त गर्नुभयो ।

वरिष्ठ चलचित्रकर्मी नीर शाहले राष्ट्रिय चलचित्र उद्योगमा एउटा नयाँ आयाम भएको उल्लेख गर्दै दोलखाको जस्तो हुन नहुनेमा जोड दिनुभयो । इटाली आफैँमा पनि चलचित्र उद्योगको अग्रणी देश भएको स्मरण गर्दै उहाँले त्यस्तो देशको लगानी भित्रिनु आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । उक्त फिल्म सिटीको सांस्कृतिक र व्यापारिक महत्व ठूलो रहेकोसमेत उहाँको भनाइ थियो । 

स्थानीय तहको पूर्ण सहयोग

उक्त फिल्म सिटी बेंसीशहर नगरपालिका वडा नं ३, ४, ५ र ९ मा पर्ने नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । फिल्म सिटी बन्न लागेकामा खुशी व्यक्त गर्दै उहाँले प्राकृतिक दृष्यावलोकनका लागिसमेत उपयुक्त स्थान रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँशहर, पुरानोकोट र बाख्रेजगत गाउँको नजिक फिल्म सिटी बन्दैछ । उक्त ठाउँबाट १४ वटा हिमाल नजिकबाट नियाल्न सकिन्छ । यहाँबाट अन्नपूर्ण, मनास्लु, माछापुच्छ«े, बुद्ध हिमाल, हर्कपिक, धौलागिरि, लमजुङ हिमाल देखिन्छ । शाह वंशको उद्गमस्थल लमजुङ दरबार नजिकै छ । 

यसले राष्ट्रका लागि मात्रै नभई विश्वस्तरमा समेत राष्ट्रको गौरव बढाउने उहाँको विश्वास छ । “सबै राजनीतिक सहमति गरेर, नगर परिषद्लेसमेत फिल्म सिटी निर्माणका लागि अनुमति दिने निर्णय गरेको छ, विधि र प्रक्रियामा स्थानीय तहको सकारात्मक सहयोग रहन्छ, कुनै विवाद आउने छैन,” प्रमुख अर्यालले भन्नुभयो । 

नेपाली फिल्मी क्षेत्रका लागि ‘माइल स्टोन’ : मन्त्री बाँस्कोटा 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लमजुङमा बन्ने ‘स्मार्ट फिल्म सिटी’ नेपालको चलचित्र क्षेत्रकै लागि ‘माइल स्टोन’ भएको बताउनुभएको छ ।सरकारले हालसालै ‘छायाङ्कनका लागि गन्तव्य नेपाल’ भन्ने योजना अघि सारेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले त्यसका लागि पनि यो एउटा शुभ खबर भएको उल्लेख गर्नुभयो । । नेपाल प्राकृतिक र सांस्कृतिक हिसाबले धनी र सुन्दर रहेको र यो सुन्दरतालाई विश्वसामु जोड्न यसले पुलका रुपमा काम गर्ने उहाँको भनाइ छ । 

“हाम्रोतर्फबाट स्वागत छ, समयमा काम सम्पन्न गरोस्, यसलाई कसैले पनि चुनौती र दुःख नदिउँ, असल सन्देश दिउँ”, मन्त्री बाँस्कोटाले भन्नुभयो । यसमा कुनै समस्या आए सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले थप्दै भन्नुभयो, “पहिला–पहिला हलिउड र बलिउडको कुरा सुनिन्थ्यो, अब नेपाल एउटा स्मार्ट या कलिउड भयो, यो पक्के टेबलमा मात्रै थन्कने छैन ।” उहाँले औपचारिक पत्र प्राप्त भएको १५ दिनमा कुनै दुर्घटनामा नपरिकन चितुवाको गतिमा काम भएको बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो