२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेको माझीफेदा स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण

२०७६, १९ असार बिहीबार ०५:३९

असार १९,   काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ माझीफेदास्थित विसं २०७२ को भूकम्पले क्षति पु¥याएको स्वास्थ्यचौकी भवन निर्माणकार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।स्वीस सरकारको सहयोगमा तेरे दे होम (टिडिएक)को आयोजना तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को प्राविधिक सहयोगमा निर्माण सम्पन्न भई बुधबार नेपाल सरकार प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल र नेपालका लागि स्वीस राजदूत श्रीमती एलिजावेथ भोन कपेलरले संयुक्तरूपमा उद्घाटन गरी स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तारण गरिएको हो । 

सो अवसरमा मन्त्री दुलालले भौतिक सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण भएकामा खुशी व्यक्त गर्दै त्यसलाई सही ढङ्गले प्रयोग र उपयोग गर्न सुझाव दिनुभयो । उहाँले नेपाल समाजवादोन्मुख राष्ट्र निर्माणको चरणमा अगाडि बढिरहेको अवस्थामा स्वास्थ्य राज्यको दायित्वभित्र गइसकेको अवस्थामा त्यसको सम्पूर्ण जिम्मा राज्यले लिने भएकाले निर्माण भएको भवन र त्यसबाट सबै नागरिकले समानरुपमा पाउने उचित सेवामा कुनै कमी आउन नदिने बताउनुभयो । 

“यो तपाईं÷हामी सबैले गरेको परिवर्तनबाट निर्माण गरेको संविधानले व्यवस्था गरी सुनिश्चित गरेको हाम्रो अधिकार हो”, उहाँले भन्नुभयो, “भवन र यहाँबाट उपलब्ध हुने सेवामा नागरिकहरुलाई निःशुल्क आधारभूत गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने छौँ ।” प्रदेश सरकार र स्थानीय सरकारको वडा सरकार त्यसमा कटिबद्ध भएर लाग्न उहाँले आग्रहसमेत गर्नुभयो । त्यससँगै अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति र औषधि उपचारको व्यवस्थापनको जिम्मा स्थानीय सरकारले गर्ने बताउनुभयो ।

नेपालका लागि स्वीस राजदूत कपेलरले निर्माण सम्पन्न स्वास्थ्यचौकी भवनबाट राम्रो सेवा लिन पाउनेमा आशावादी भएको बताउनुभयो । विगत ६० वर्षको दौरानदेखि स्वीट्जरल्याण्ड सरकारले विभिन्न क्षेत्रमा एउटा असल मित्रको रूपमा सहयोग गर्दै आइरहेको स्मरण गराउँदै उहाँले विनाशकारी भूकम्पपश्चात पुनःनिर्माणमा सहयोग गर्दै आएको र त्यही अनुरुप भूकम्पले क्षति पु¥याएको माझीफेदाको स्वास्थ्यचौकी वन निर्माणमा सहयोग पु¥याएको बताउनुभयो ।

चौरीदेउराली गाउँपालिका अध्यक्ष दीननाथ गौतमले सुविधासम्पन्न भवनबाट नागरिकलाई प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने गरी सेवा प्रवाह गर्ने बताउनुभयो । भूकम्पले क्षति पुगी निर्माण भएको स्वास्थ्यचौकी भवन रु एक करोड ४० लाखमा दुईतले छ कोठा रहेको छ । प्रसूति सेवासमेत दिने गरी त्यसका लागि आवश्यक उपकरणसमेत उपलब्ध गराउनुका साथै पानी र फोहर व्यवस्थापन स्वास्थ्यचौकी परिसरभित्र हुने खालको सुविधासहितको भवन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी