२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दुईवर्षदेखि हटेको लोडसेडीङ पुन: सुरु, लोडसेडीङ तालिका दैनिक चारदेखि छ घण्टासम्म

२०७६, २० असार शुक्रबार ०२:२४

असार २०, कंचनपुर | नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड कार्यालयअन्तर्गतको विद्युत्भार कटौती लालपुर सबस्टेशनमा जडान भएको पावर ट्रान्सफर्मर ओभरलोड हुन थालेपछि विद्युत्भार कटौतीको तालिका सार्वजनिक गरिएको छ ।

दुई वर्ष अघिदेखि हटेको विद्युत्भार कटौतीको तालिका पुनः शुरु गरिएको छ । प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख पवनकुमार भट्टको हस्ताक्षरित विद्युत्भार कटौतीको तालिकामा दैनिक चारदेखि छ घण्टासम्म विद्युत्भार कटौती गरिने जनाइएको छ ।

तालिकाअनुसार बिहान, अपराह्न र राति गरी वाणी, पिपलाडी र झलारी फिडरमा छ घण्टा, भीमदत्तनगर, बनगाँउ, भाँसी, ऐठपुर, गड्डाचौकी र दोधारा चाँदनी फिडरमा चार घण्टा विद्युत्भार कटौती हुने जनाइएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि विद्युत्भार कटौती तालिका सार्वजनिक गरिएको छ । 

गर्मी बढेको र मनसुनी वर्षा नभएकाले लालपुर १३२ केभी सबस्टेशनमा जडान गरिएको पावर ट्रान्सफर्मरको क्षमताले नधान्ने अवस्था आएकाले विद्युत्भार कटौती गर्नुपरेको प्राधिकरणका कर्मचारीको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिडले सबस्टेशनमा रहेको ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गर्न केही दिन लाग्ने भएकाले विद्युत्भार कटौती बाध्यतावश गर्नुपरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस