२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

कारागारका कैदीमा छालाजन्य रोग

२०७६, २० असार शुक्रबार ०७:००

असार २०,  तनहुँ | तनहुँको कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखापरेको छ । कारागारमा रहेका १३९ कैदीबन्दीमध्ये १०-१२ जना कैदीबन्दीमा छालाजन्य रोग देखापरेको हो । 

एक महीनाअघि २०-२५ जनामा छालासम्बन्धी समस्या रहेकामा हाल उपचारपछि कमी आएको  कारागारका स्वास्थ्य सहायक सक्षम घिमिरेले बताउनुभयो । कारागारमा उपचार हुन नसकेका यस्ता समस्याका कैदीबन्दीलाई दमौली अस्पतालमा रिफर गरेर उपचार गर्ने गरिएको छ उहाँले भन्नुभयो, “दमौली अस्पतालमा पनि उपचार हुन नसकेका केही कैदीबन्दीका समस्यालाई पोखरासम्म पठाएर उपचार गरी निको पार्ने काम गरेका छौँ ।” 

 केही कैदीबन्दीमा टाउँको दुख्ने, रिँगटा लाग्ने रुघाखोकी जस्ता समस्या पनि देखापरेको छ उहाँले भन्नुभयो, “केही व्यक्तिमा कारागार चलान भएपछि हुने डिप्रेशन र बढ्दो गर्मी मौसमका कारण टाउको दुख्ने र रिँगटा लाग्ने जस्ता समस्या देखिएको छ ।” 

पैँतीस जना क्षमताको उक्त कारागारमा १३९ कैदीबन्दी रहँदै आएको कारागारका निमित्त जेलर नारायण अधिकारीले बताउनुभयो । ठाउँको अभावमा आठ महीनाको अवधिमा १९ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । 

कारागारमा हाल थुनुवा ६७ कैदी ७२ गरी १३९ कैदीबन्दी रहेका छन् । गर्मी समयमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने समस्याले गर्दा रातको समयमा सुत्न कठिनाइ भोग्नुपरेको कारागारका चौकीदार नरबहादुर थापाले बताउनुभयो ।

पाँच वटा सिसी क्यामरा

यसैगरी सुरक्षा संयन्त्र मजबुत बनाउन कारागारमा पाँच वटा सिसी क्यामरा जडान गरिएको छ । कारागार व्यवस्थापन विभागको सहयोगमा रु तीन लाखको लागतमा क्यामरा जडान भएको कारागारले जनाएको छ । जिल्ला न्यायाधीशले कारागारबाटै कैदीबन्दीको बकपत्र र पेशी लिने व्यवस्थाको लागि जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय र कारागारमा भिडियो कन्फेरेन्स जडान गरिएको हो ।

 भिडियो कन्फेरेन्स जडानपश्चात् समयको सदुपयोग, छिटोछरितो, अदालतसम्म ल्याउन लैजान झण्झटबाट मुक्त, सुरक्षित हुने र थोरै जनशक्तिले काम गर्न सकिन्छ सहायक निमित्त जेलर अधिकारीले भन्नुभयो, “करीब रु पाँच लाखको लागतमा उक्त भिडियो कन्फेरेन्स जडान गरिए पनि काम शुरु भएको छैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस