२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा मानवअधिकार उलङ्घनका ५३ घटना, बालिकादेखि ७३ वर्षीया महिला समेत हिंशामा

२०७६, २१ असार शनिबार ०२:०१

असार २१, चितवन | अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०१९ को छ महीनामा जिल्लामा ५३ वटा मानवअधिकार उलङ्घनका घटना भएको जनाएको छ । इन्सेक चितवनले शुक्रबार यहाँ अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही समयमा भन्दा अहिले मानवअधिकार उलङ्घनका घटना बढ्दै गएको जानकारी दिएको हो । 

अघिल्लो वर्ष छ महीनामा ४५ घटना भएका थिए । यस वर्षको छ महीनामा जिल्लामा सबैभन्दा धेरै जबर्जस्ती करणीका घटना सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । इन्सेकका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले ३४ वटा घटना जबर्जस्ती करणीका भएको बताउनुभयो । जसमा बालिकादेखि ७३ वर्षीया महिलासम्म रहेका छन् । 

जबर्जस्ती करणीमा पर्नेमा बालिका बढी रहेका छन् । १७ जना बालिकालाई जबर्जस्ती करणी भएको छ भने चार जनामा यौन दुव्र्यवहार भएको छ । यस्तै सात जना महिलामाथि करणी भएको छ भने दुई जनामाथि करणीको प्रयास भएको इन्सेकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ । हाडनाता करणीका चार वटा घटना भएका छन् । 

जिल्लामा भएका अन्य मानवअधिकार उलङ्घनका घटनामा जातीय विभेद तीन वटा, घरेलु हिंसाका छ वटा, बालिका बेचबिखनमा एउटा, महिला बेचबिखनमा एउटा र बहुविवाहमा आठ वटा निवेदन दर्ता भएको सो अवसरमा जानकारी दिइएको थियो । 

जिल्लामा पछिल्लो समय बालबालिकाको अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ । यसलाई रोक्नका लागि सबै पक्ष सजग हुन आवश्यक रहेको सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले कानूनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको बताउनुभयो । 

सो अवसरमा वक्ताले मानवअधिकारका विषयमा भएका घटनालाई दण्ड सजाय बढाउन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा अधिवक्ताहरु कल्पना उप्रेती, मुकुन्द दाहाल, नेपाल पत्रकार महासङ्घ चितवका अध्यक्ष राधेश्यम खतिवडा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालालगायतले बोल्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा