2026-09-19 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जनसहयोगमा प्रहरीका भवन धमाधम बन्दै

असार २२, झापा | पाँच वर्षअघिसम्म दक्षिण झापाका जनता डाँका र चोरको त्रासले रातभर अनिदो बस्थे । पृथ्वीनगर, बनियानी, केचना, घेराबारीलगायत ठाउँमा प्रायः रातैपिच्छे चोरी र डकैतीका घटना हुने भएकाले यहाँका बासिन्दा साँझ झमक्क पर्नुअगावै घरका ढोका र झ्यालका चुकुल बलियोसँग लगाएर बस्थे । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र सुरक्षा पोस्ट बढाएकाले अहिले चोरी र डकैतीका घटना निमिट्यान्नै भएको छ । भारतको सीमावर्ती किसानगञ्जमा बसेर नेपालमा शृृङ्खलाबद्ध डकैती गराउने योजनाकार मोहम्मद जमिललाई तीन वर्षअघि नेपाल प्रहरीले पक्राउ गरेर कारागार पु¥याएपछि सो क्षेत्रमा डकैती शून्य भएको हो ।

सुरक्षाका कारण स्थानीयवासीले ढुक्कले बस्न पाए पनि त्यस क्षेत्रमा रहेका सुरक्षाचौकी भने पूर्वाधार अभावमा ढुक्कले बस्न पाएका छैनन् । अस्थायी क्याम्पमा दुःखले बसेर जनताको सुरक्षामा रातोदिन तल्लीन सुरक्षाकर्मीका लागि स्थानीयवासीले सहयोग जुटाएर ब्यारेक र भवन बनाउन थालेका छन् ।

कचनकबल गाउँपालिका–६ मा नेपाल प्रहरीको चौकी छ । साँघुरो भवनमा कोचिएर बस्नुपर्ने भएकाले चालू आर्थिक वर्षमा स्थानीयवासीको सहयोगसमेत जुटाएर गाउँपालिकाको रु १० लाखको लागतमा कार्यालय र ब्यारेक भवन निर्माण गरिएको छ । 

जनस्तरबाट भवन निर्माणका लागि गठित समितिका अध्यक्ष नारद अधिकारी भन्नुहुन्छ, “प्रहरीले हामीलाई रातोदिन खटेर चोर डाँकाबाट सुरक्षा गरेकाले हामी सबै मिलेर प्रहरीको ब्यारेक र अफिस बलियो बनाइदिएका छौँ ।”

जनसहयोगमा निर्मित एकतले दुई कोठे पक्की भवन उद्घाटनको पर्खाइमा रहेको जनाउँदै बनियानी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक उदयशम्शेर राणा स्थानीयवासीसँग प्रहरीको सम्बन्ध सुमधुर भएको बताउनुुहुन्छ ।

दक्षिणी झापाको भद्रपुर–२ जुनेली बस्तीमा सशस्त्र प्रहरीको कार्यालय स्थापनाका लागि स्थानीयवासीले १० कट्ठा जग्गा उपलब्ध गराएकामा प्रदेश नं १ सरकारले भौतिक संरचना बनाउन थालेको छ ।

सशस्त्र प्रहरी निरीक्षक महेश कटुवालले अफिस, कमाण्डर भवन, मेसलगायत संरचना निर्माणाधीन अवस्थामा रहेको बताउनुुहुन्छ । उहाँका अनुसार सो क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना भइसकेपछि डकैतीका कुनै पनि घटना भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता