२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा आकाशे पानीको भर पर्दा किसान निराश

२२ असार २०७६, आईतवार ०७:५१

असार २२,  कञ्चनपुर  |  कञ्चनपुर बेदकोट नगरपालिका–२ का किसान हरिदत्त जोशी आकाशमा बादल छाउनासाथ हलगोरु लिएर खेतमा जान्छन् । 

सबैतिर रोपाइँको चटारो भइरहेका बेला आकाश हेरेर बसेका जोशी वर्षा नहुँदा खेत बाँझै रहन्छ भन्ने चिन्तामा डुबेका छन् । “आकाशमा बादल देखेर खुशी हुँदै खेतसम्म पुग्दा घाम लागेपछि निराश भएर फर्किनु दैनिकी बनेको छ”, जोशीले भन्नुभयो– “वर्षात नहुँदा बेर्ना पनि सुक्न थालिसक्यो ।”

असार महीना सकिन लाग्दा पनि यहाँ वर्षा नभएपछि आकाशे पानीको भरमा खेती गर्ने किसान निराश हुन थालेका छन् । बोरिङबाट रोपाइँ गरिरहेका बेदकोट नगरपालिका–२ देवदत्त जोशी पनि सिँचाइ नहँुदा समस्या भएको बताउँछन् । 

विसं २०६८ मा सिँचाइका लागि भन्दै भूमिगत जलस्रोत विकास समिति धनगढीले तीन वटा ट््युवेल निमार्ण गरे पनि सञ्चालनमा आउन सकेको छैन । ६० बिघा खेतलाई सिँचाइ गर्ने लक्ष्य लिएको भए पनि वर्षांैसम्म सञ्चालनमा नआउँदा लगानी पनि खेर गएको जोशीको भनाइ छ ।

उहाँले भूमिगत जलस्रोत विकास समितिले यहाँका किसानबाट धरौटी भन्दै रु ५८ हजार सङ्कलन गरेको भए पनि त्यसको लेखाजोखा नभएको बताउनुभयो । “स्थानीय तहदेखि हेलो प्रधानमन्त्री हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गुहार माग्दा पनि सुनुवाइ भएको छैन्”, जोशीले भन्नुभयो, “सिँचाइ नहुँदा यहाँ खेतको बेर्ना काम नलाग्ने भइसक्यो । ”

स्थानीयवासी इन्द्रवती जोशीले सिँचाइ अभावका कारण आकाशे पानीको भर पर्नुको विकल्प नभएकोे बताउनुभयो । “ यस्तै रहे खेत बाँझैँ राखेर चामल किन्नुपर्ने अवस्था आउँला जस्तो भयो”,उहाँले भन्नुभयो, “गाँउ छेउछाउका खोला नदीको पानी पनि सुकिसकेको छ । ”

भूमिगत जलस्रोत विकास समितिका कार्यालय प्रमुख अमरबहादुर चन्दले नौ वटा ड््युप ट््युवेलमध्ये ६ वटा सञ्चालनमा रहेको दाबी गर्नुभयो । उहाँले दुई वटा सफल हुन नसकेको र एउटा सञ्चालनमा आउने तयारीमा रहेको जानकारी दिनुभयो । ट््युवेल बिग्रेको भए पनि किसानको आग्रह अनुसार त्यसलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने बताउनुभयो ।तर किसानले पटक–पटक ताकेता गर्दा कुनै सुनुवाइ नभएको दुःखेसो पोखेका छन् । सिँचाइ अभावका कारण यहाँ अहिलेसम्म ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ । 

कञ्चनपुरमा सिँचाइका लागि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको निर्माण जारी छ । ३३ हजार हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य लिएको आयोजनाको काम भने सुस्तगतिमा छ । कैलालीको मालाखेतीसम्म १५१  किलोमिटर मूलनहर निर्माण गर्ने भनिए पनि एक दशकको अवधिमा १३ किलोमिटर नहर मात्रै निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी