2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पैसाको अभावमा झापाका १० वर्षे समिरको मृगौला फेरिएन

असार २३, झापा |  शिवसताक्षी ७ हरियाली बस्तीका कक्षा ३ उतिर्ण बालक समिर माझी जीन र मृत्युको दोसाँधमा छन् । उनका दुईवटै मृगौला खराव भएका छन् । मृगौला रोगबाट थलिएका समिर स्कूल जान नसक्ने भएका छन् । उनी स्कूल जान पनि छाडेका छन् ।  

विगत चार वर्षदेखि मृगौला रोगबाट थलिएका समिरको आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन सकेको छैन । आमा रेणु माझीले मृगौला दिने भए पनि गरिबीका कारण त्यारोपण गर्न नसकेको बुबा गोपाल माझीले बताए । सम्पतिका नाममा झुप्रो घर भएको एक कठ्ठा जमिन पनि छोराको उपचारका लागि धितो राखेको माझीले बताए । 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले त्रिवि शिक्षण अस्पताल काठमाडौँमा मृगौला प्रत्यारोपण्मा लागि रिफर गरेको छ । तर, उनीसँग आर्थिक जोह नहुँदा छोराको मृगौला प्रत्यारोपण गर्न सकेका छैनन् । छोरो बचाउन पाए हुन्थ्यो, बुबा गोपालले भने, पैसा नभएरै छोराको मृगौला फेर्न पाइन । छोरा पनि बेला बेला सोध्छ, बुबा अब मलाई निको हुँदिन ? हुन्छ, हामी उपचार गर्दछौँ त भन्छौँ तर खै बचाउन पो सकिएला नसकिएला ! 

गोपालले छोरा बचाउने अझै आश मारेका छैनन् । पत्रपत्रिकामा समाचार छापिए, सहयोगिमनले सहयोग गर्लान भन्ने अपेक्षा छ । छोराको उपचार भन्दा दिमागमा केहि नभएको सुनाए । बुबा गोपाल माझी र छोरा समिर माझीको नाममा रहेको मेघा बैंक नेपाल, व्याङ्डाँडा, शिवसताक्षी शाखाको ०१७००५२६३१८०६ नम्बरको खातामा सहयोगका लागि आग्रह गरेका छन् । 

समिरको उपचारका लागि बीरबहादुर माझीको संयोजकत्वमा समिर बचाउ अभियान समिति गठन भएको छ । समितिले पनि जसले जति सकिन्छ त्यति सहयोग गरे बालकको जीवन बचाउन सकिने भएकाले सहयोगका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता