२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा खानेपानी अभावले गाउँ छाड्न बाध्य

२३ असार २०७६, सोमबार १०:४९

असार २३, डडेलधुरा | अजयमेरु गाउँपालिकामा खानेपानीको अभाव शुरु भएको छ । खानेपानीको अभाव हुँदा दैनिक जीवनयापन नै अस्तव्यस्त भएपछि गाउँबाट तराइतर्फ वा खोला नजिकमा बसाइसराइ गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासीको गुनासो छ । 

अजयमेरु –५ र ६ का अधिकांश गाउँ र बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका गाल, मटेला, भण्डारी गाउँ, झिङनी, राजुल ओडिगाउँ लगायतका गाउँमा खानेपानीको चर्को अभाव हुन थालेको हो । पानी नहुँदा राति २ बजे उठेर खोलामा गएर पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी हरिलाल रावतले बताउनुभयो । पानी अभावकै कारण पढेलेखेका युवाहरुको गाउँप्रतिको मोह पनि मरेर गइरहेको उहाँको भनाइ छ ।

  खानेपानीको जोहो गर्दागर्दै अरु काम गर्न नपाइने भएकाले सर्वसाधारण दिक्क भएका छन् । बिना अध्ययन सडक निर्माण हुनु, पानीको मुहानको संरक्षणमा चासो नदेखाउनु तथा खानेपानीको समस्याप्रति सरोकारवाला निकायको बेवास्ताका कारण हिउँदमा वर्षौँदेखि देखिइने यो समस्या ज्यूँका त्यूँ रहेको गाल मटेलावासी बताउनुभयो । 

खानेपानीको अभाव भएपछि वर्षेनी गाउँबाट तराईतर्फ बसाइ सर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । कति घरपरिवारले दोहारो बस्ती बस्ने गरेको स्थानीय डम्बरसिंह पडालले बताउनुभयो । पानीकै कारण हिउँदमा गाउँलेहरु खोला किनारमा बास बस्ने गरेको पडालले बताउनुभयो ।

शुद्ध खानेपानीको आपूर्तिका विषयमा गाउँमा बेलाबेलामा कार्यक्रम सञ्चालन हुने गरेका छन् । तर यसको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । पानीको समस्याका कारण महिलालाई खाना पकाउने, भाँडा माझ्ने, गाईवस्तुलाई खुवाउने पानी कसरी जोहो गर्ने भन्ने चिन्ताले दिनभर पिरोलिए स्थानीय पोषण सहजकर्ता मनिषा पालले वताउनुभयो । 

खानेपानी अभावकै कारण अजयमेरु गाउँपालिका–५ र ६ मा आर्थिक वर्ष २०७४-७५ मा ४४ पुरुष र ३२ महिला गरी कूल ७६ जनाले थातथलो छोडेर गएको तथ्याङ्क गाउँपालिकासँग रहेको वडासचिव केशव भट्टको भनाइ छ ।

अजयमेरु–५ का ५५९ घरपरिवार र वडा नं ६ का ४७८ घरधुरी खानेपानीको समस्यामा रहेका छन् । पानी कै समस्याका कारण कृषि उपजहरुको उत्पादन भरपर्दा नरहेको र पढेलेखेका युवाहरु अन्यन्त्र जानुपर्ने बाध्यता रहेको सचिव भट्टको भनाइ छ ।

पानीका मूलहरु नहुँदा समस्या झन बल्झिएको हो । अजयमेरु–५ मा एक मात्र पानीको नाउलो ९कुवा० छ। त्यहाँ वर्षा होस् या हिउँद, जहिले पानी लिन आउनेको घुइँचो हुन्छ। बिहान उठ्नेवित्तिकै महिलाहरू खानेपानीका लागि तछाड–मछाड गरिरहेका देखिन्छन्। “पालो कुर्दाकुर्दै घरको अरु काम गर्न समय नै हुँदैन”,स्थानीय लालबहादुर खड्काले भन्नुभयो, “धारो छैन, कुवाको पानी सबैले भरेर लिँदा धमिलो हुन्छ।” यहाँ जहिल्यै खानेपानी अभाव हुने गरेको छ। सुक्खा खडेरी, मौसम परिवर्तनले गर्दा मुहान सुकेपछि खानेपानी अभाव भएको हो। सदियाँैदेखिका खोल्साखोल्सी र जरुवा मुहान सुक्दै गएपछि पानी अभाव भएको स्थानीयवासी बताउछन् । 

“खानेपानी अभावले हाम्रो दैनिकी पानी जोहो गर्नमै बित्छ। घरायसी काममा लादिनुपर्ने महिलाले खानेपानी जोहो गर्न दिनरात कष्ट व्यहोर्ने गर्छ”,स्थानीयवासी खड्काले भन्नुभयो, “हरेक दिन पानीकै चिन्ता हुन्छ।” 

गाउँवस्ती नजिक मूल नहुँदा समस्या भएको र अब चाँडै नै सूर्नयावाट लिफ्ट सिँचाइका लागि डिपिआर तयार गरेर खानेपानी ल्याउने योजना रहेको अजयमेर गाउँपालिकाका उपाध्यक्ष कलावती भाणले जानकारी दिनुभयो । 

नुहाउन वा खानेपानी जोहो गर्नका लागि ३ घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता छ । पानीको समस्याका कारण गाउँभन्दा तीन घण्टाको पैदल दूरी खालो किनारमा वस्नु परेको छ । जसले गर्दा छोराछोरीको पढाइदिनचर्यामा प्रभाव परिरहेको गालगाउँका स्थानीयवासी जयराजसिंह खड्काले बताउनुभयो । पानीको मूल संरक्षणका लागि गाउँपालिकासँग कुनै ठोस योजना तथा नीति नरहेको उहाँले बताउनुभयो । तर अजयमेरु– ५ र ६ मा देखिएको खानेपानी समस्या समाधानका लागि डिपवोरिङ वा लिफ्ट सिँचाइ योजनाका लागि सम्भावना अध्ययन भइरहेको सो गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य