२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा सुकुम्बासीका घर टहरा भत्काउन नेकपाका कार्यकर्ता परिचालन

२६ असार २०७६, बिहीबार ०९:४१

असार २६, कैलाली | कैलालीको  गोदावरी नगरपालिका वडा नम्बर ६ हरैया शिविरमा रहेका घर टहरा हटाउन नेकपाका कार्यकर्ता परिचालन गरेको छ | तत्कालिन माओवादी निकट वाईसियलका युवाहरु परिचालन गरिएको छ | 

राति देखि अविरल वर्षाका कारण जनजीवन प्रभावित भएका बेला उक्त टहरा भत्काउन लागिएको हो | टहरा भत्काउन थालेपछि सुकुम्बासीको विचल्ली भएको छ। हरैया शिविरमा रुवाबासी समेत चलेको स्थानीयले बताए | शिविरमा युवाहरुले संरचना भत्काइरहेको जानकारी आउने बितिकै प्रहरीको टोली परिचालन गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए | 

उनीहरुलाई तत्कालीन माओवादीले हरैया शिविरमा बसालेको थियो तर उक्त जग्गा बिक्रि भइसकेको छ। हरैयाका सुकुम्बासीलाई उठाएर धनगढी उपमहानगरपालिका–१७ स्थित धुरझन्नामा राखिएको थियो। तर त्यहाँ व्यवस्थापन राम्ररी नगरिएको भन्दै केही फेरी हरैया फर्किएका थिए भने कतिपय हरैयामै बसिरहेका थिए। ९१ परिवारको बसोवास धुरझन्नामा रहेको छ भने ४८ परिवार हरैयामै बस्दै आएका छन्। हरैयामा सुकुम्बासी बसेको जग्गा खरिद गर्ने सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालि पोखराले धुरझन्नामा ५९ कट्ठा जग्गा किनेर उनीहरुलाई व्यवस्थापन गरेको दावी गर्दै आएको छ।

सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालिले गत माघ २५ गते सुकुम्बासी बसेको हरैया स्थित २१ बिगहा जग्गा खरिद गरेको थियो । जग्गा बिक्रीमा तत्कालिन माओवादीका केही नेताको संलग्नता रहेको आरोप लाग्दै आएको छ। जग्गा बिक्रीपछि ती नेताकै मिलोमतोमा हरैयाबाट हटाउन खोज्दा सुकुम्बासीहरु प्रतिकारमा उत्रेका थिए। २०६१ सालमा तत्कालिन विद्रोही माओवादीले नै उक्त जग्गामा सुकुम्बासीलाई बसाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य