2026-07-09 08:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङको प्रादेशिक अस्पताल मुख्य ढोका जलमग्न

2019-07-11

असार २६, मोरङ | मोरङ जिल्लास्थित प्रादेशिक अस्पताल वर्षात्को समयमा पानी पस्न नदिन विशेष सर्तकता अपनाइए पनि विगत दुई दिनदेखि लगातारको वर्षाले अस्पताले परिसरमा पानी जम्मेको छ ।

अस्पताल वरपरका सडक अग्ला हुनु, विराटनगर महानगरपालिकाले थालेको नालाको निर्माणकार्य पूरा नभएको र ५० वर्ष पहिले निर्माण भएको उक्त अस्पताल गहिरो भएकाले  समस्या उत्पन्न हुनाका साथै यसबाट आम नागरिकलाई सेवा लिन समस्या भएको छ ।

अस्पताल परिसरमा पानी जमेका कारण सेवाप्रदत्त चिकित्सक, नर्स, एम्बुलेन्स र सर्वसाधरणलाई आवतजावतमा कठिनाइ भएकाले पनि  अहिले पानी फाल्न जनपद र सशस्त्र प्रहरीले मोटरको प्रयोग गगरिरहेका छन् ।

यस्तै अस्पतालको अवस्थालाई सामान्य बनाउन महानगरपालिकाले वरपरका अवरुद्ध नालालाई सफा गरिरहेकाले केही समयपछि नै जमेको पानी हट्ने महानगरपालिकाका प्रमुखका स्वकीय सचिव सविन दाहालले बताउनुभयो ।

अस्पतालमा बिरामीको उपचारमा कुनै असुविधा नभएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो