२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्षविहीन

२९ असार २०७६, आईतवार ०७:२६

असार २९, चितवन | बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा गत असोज ३ गतेबाट रिक्त रहेको अध्यक्ष पदमा अझै नियुक्ति हुनसकेको छैन । 

अध्यक्ष अभावका कारण एशियाकै नमूना अस्पतालको रुपमा विकास गर्न लागिएको यो अस्पतालको व्यवस्थित विकासमा बाधा पुग्ने देखिएको छ । डा प्रकाशचन्द्र न्यौपानेले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेसँगै विभिन्न व्यक्तिको नाम चर्चा चलेपनि सरकारले यसको टुङ्गो लगाउन सकेको छैन । स्वास्थ्यमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले अध्यक्षको नियुक्ति गर्ने प्रावधान छ । 

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार एम डि गरेर क्यान्सर अस्पतालमा १५ वर्ष वा बाह्य अस्पतालमा २० वर्ष काम गरेको अनुभव भएका व्यक्ति मात्र अध्यक्षका लागि योग्यहुने अस्पतालको नियमावलीमा उल्लेख छ । सबै योग्यता पुगेका व्यक्ति कम भएकाले पनि अध्यक्षको टुङ्गो लाग्न ढिला भएको बताइएको छ । 

आचार्यले अहिले सबै निर्णय सञ्चालक समितिको बैठकमार्फत गरिँदै आएको जानकारी दिनुभयो । काम नरोकिए पनि छलफल गरेर काम गर्न नपाएको उहाँको भनाइ छ ।

यसैगरी कतिपय विषयमा पहल गर्ने कुरा र जिम्मेवारीका विषयमा समेत अफ्ठ्यारो परेको आचार्यले बताउनुभयो । सञ्चालक समितिमा १४ सदस्य रहेका छन् । हरेक दुई दुई महीनामा बैठक बस्नुपर्ने हुन्छ । अध्यक्षको रिक्ततासँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बस्ने गरेको छ । पछिल्लो समय अस्पताल सुधारको गतिमा अगाडि बढिरहेको अवस्थामा अध्यक्षको चयन छिटो भएमा अस्पताललाई अझ सुदृढ बनाउन सहयोग पुग्ने बताइएको छ ।

अस्पतालमा छिमेकी देश भारत र नेपालभरबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् । चीन सरकारको सहयोगमा यो अस्पताल स्थापना भएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ