२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा उधारो मागेर औषधि वितरण

२९ असार २०७६, आईतवार ०७:५७

असार २९, कञ्चनपुर | कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालले विगत केही महीनायता लक्षित वर्गलाई वितरण गर्नुपर्ने औषधि उधारोमा मागेर वितरण गरिरहेको छ ।

लक्षित वर्गले प्रदान गरिने निःशुल्क औषधिको अभाव भएपछि अस्पतालले उधारोमा ल्याएर विगत तीन महीनादेखि प्रदान गर्दै आएको हो । अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र इकाइमार्फत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंमसेविका, शहीद परिवारलगायतलाई निःशुल्क वितरण गर्नुपर्ने औषधि तीन महीनायता अभाव रहेको छ ।

“औषधि अभावका कारण केही समय लक्षित वर्गका बिरामीलाई दिन सकिएन”,महाकाली अञ्चल अस्पताल प्रशासनका सूचना अधिकृत केशवदत्त अवस्थीले भन्नुभयो,“पछि साँझाबाट उधारोमा मागेर काम चलाउने कुरो भयो ।”

औषधिमा अभाव हुँदा सामाजिक इकाइबाट प्रक्रिया पु¥याएपछि बिरामीले साझाबाट औषधि लैजानुपर्ने प्रबन्ध मिलाएको सूचना अधिकृत अवस्थीले जानकारी दिनुभयो ।

औषधि सहज रुपमा अस्पतालबाट नपाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ । अस्पताल प्रशासनले औषधि खरीद गर्न सुदूरपश्चिम प्रदेश सरकारसंग पनि गुहार मागेको छ । तर बजेट छुट्याइएको विषय जानकारी नभएको अवस्थीले बताउनुभयो ।

सूचना अधिकृत अवस्थीले औषधिका लागि सङ्घीय सरकारबाट चालु आर्थिक वर्षमा रु तीन लाख मात्रै आएको जानकारी दिनुभयो । उहाँले गत र चालू आर्थिक वर्षमा गरी इकाइले ल्याइएको रु १५÷१६ लाख मूल्य बराबर उधारो औषधिको रकम तिर्न बाँकी रहेको बताउनुभयो ।

सामाजिक इकाइबाट दैनिक २० देखि ३० जना लक्षित वर्गका सेवाग्राही औषधिका लागि आउने गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव