2026-08-24 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा दुई दिनदेखी विधुत र यातायात वन्द

चिसाङ शेर्पा | असार २९, खोटाङ | बिहीवार रातीबाट परेको अविरल वर्षाका कारण दुई दिनदेखी खोटाङमा यातायात र विधुत सेवा ठप्प भएको छ । वर्षासँगै ठाउँठाउँमा झरेको ठूलाठूला पहिरोका कारण यातायात सेवा वन्द भएका छन् । भने, शुक्रबार विहान उदयपुरको त्रियुगा खोलाले खोटाङतर्फ आउने ३३ केभी प्रशारण लाईनको विजुलीको पोल बगाउदा विधुत पनि अवरुद्ध बनेको छ । 

दिक्तेल–हलेसी सडक अन्तरगत अर्खोले र महादेवस्थान सिमाना बर्खेटारदेखी बडहरेसम्मका रुटमा २५ स्थानमा ठूलाठूला पहिरो झरेको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले जानकारी दिए । पहिरो पन्छाउनका लागि नगरपालिकाको जेसिभिसहित मानवीय शक्ति खटाइएको नगरप्रमुख राईले जनाएका छन् । यस्तै, कटारी–घुर्मी र हर्कपुर–जयराम सडकका विभिन्न ठाउँमा पनि पहिरो झरेको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ मानेभञ्ज्याङको भँडारे खोलामा बाढीको लेदो आएर थुप्रिँदा सयौं सवारी साधन बीचैमा अलपत्र छन् । तराई तथा काठमाण्डौबाट खोटाङ आउने यात्रुहरु बिच बाटोमा अलपत्र परेका छन् ।

यस्तै, पानीको वहाव घटेपछि त्रियुगा खोलामा पौडी खेल्ने स्थानीयहरु खोजेर ढलेको पोलबाट तार खोलेर छोडिएको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए । तार खोलेपछि त्रियुगा खोलाबाट नै कर्मचारी खटाइएर फल्ड स्थान खोजी भईरहेको छ । उनका अनुसार त्रियुगा–साउने–रसुवासम्म कर्मचारी खटाइएको छ । कर्मचारीसँग नै फोन सम्पर्क नभएकाले प्रगती विवरण लिनै समस्या भएको प्राधिकरणले जनाएको छ । वर्षाका कारण पहिरो जाँदा जिल्लाकै नुनथला, लेक्पा, छोरम्बु, सावाखोला, टेम्मा, चिप्रीङ, रसुवा लगायतका ठाउँमा ११ केभी प्रशारण लाईनको पोल पनि ढालेको छ । विधुत अवरुद्ध हुंदा जिल्ला अन्धकार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध