७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराईको हिरक महोत्सब एक दिन लम्बियो

२१ बैशाख २०७३, मंगलवार १३:३३

 बैशाख २१, वामी (गुल्मी) । नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराई ५ गुल्मीको हिरक महोत्सब आज सातौ दिन पनि जारी रहेको थियो । महोत्सब मनाउने क्रममा बिबिध कार्यक्रमहरु सम्पन्न भएका छन् । आजका मुख्य आकार्षणको रुपमा स्मारिक बिमोचन, प्रभाभफेरी, सरस्वती पुजा लगायतका अनय कार्यक्रमहरु रहेका थिए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दान बहादुर केसीको अध्यक्षता रहेको कायक्रममा बिद्यालयका संस्थापक प्रद्यानाध्यापक केदार प्रसाद रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि तथा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्माको बिशिष्ट आतित्यथा रहेको थियो । त्यसैगरी मुल समारहेका संयोजक हरि बहादुर थापा, नेका युबा नेता दामोदर भुषाल, बुटवल बहुमुखी क्याम्पसका प्राद्यापाक डाक्टर बुद्ध थापा,पूर्वाञ्चल विश्व विद्यालय विराटनगरका उपप्रध्याप डा.उत्तम रेग्मी,राष्ट्रिय अनुसन्धानका पूर्व एसएसपी भिम बहमदुर थापा, रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्री लगायतको विशेष उपस्थिती रहेको थियो ।

बिद्यालयका सम्पुर्ण गतिबिधिहरु सहितको स्मारिक प्रमुख अतिथि तथा बिशिष्ट अतिथिले बिमोचन गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयलाई सहयोग गर्ने चन्दादतालाई सम्मान गरिनुका साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । शिक्षक ईन्द्रमणी खनालको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सञ्चालन एभिन्युज टेलिभिजनका मदन खाती, सञ्चारकर्मी भुवन भुषाल र शिक्षक अच्युत गीरीले गर्नुभएको थियो ।

यसैबिच आज सम्पन्न हुने भनेको कार्यक्रम मौसमको प्रतिकुलताका कारण सम्पन्न नभएको हुँदा भोली सम्पन्न हुने बिद्यालले जनाएको छ ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद