2026-09-18 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा खहरेको बाढीले यातायातसेवा अवरुद्ध

असार ३०, ताप्लेजुङ |  पाथीभरा याङवरक र सिरिजङ्घा गाउँपालिकाको बीचमा पर्ने सोसुङवा खोलामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै गए रातिदेखि आएको बाढीका कारण थुम्बेदिन सिनाम सडकखण्डको यातायात सेवा अवरुद्ध भएको हो । 

खोलामा एक्कासि बाढी आएपछि आइतबार हप्पुखोला, सिनाम पुगेर फर्कने क्रममा बसेका सवारी साधन सिनामै रोकिएका छन् भने ताप्लेजुङ सदरमुकाम, पाँचथर, झापालगायत ठाउँबाट सिनाम, आम्बेगुदिनलगायत स्थान पुग्ने सवारी साधन पनि थुम्बेदिनबाटै फर्किएको सिनामवासी भीम थेबेले जानकारी दिनुभयो । बीचैमा सवारी साधन रोकिएकाले ती स्थानमा आवत–जावत गर्ने यात्रु अलपत्र परेका छन् । 

यसैगरी सिनाम र आम्बेगुदिनको बीचमा पर्ने नेबु खोला आसपासमा झरेको पहिरोले पनि बाटो अवरुद्ध बनाएको छ । वर्षाकै कारण ग्रामीण क्षेत्रका कच्ची सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरोसमेत झरेकाले सवारीसाधन सञ्चालन गर्न नसकिएको  यातायात व्यावसायीहरूले बताएका छन् । 

“केही दिनदेखि फक्ताङलुङ, दोभानलगायत ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनले बेल्चा र कोदालोसमेत बोकेर प्रस्थान गर्ने गरेका छन्, कतिपय गाडी बाटो पन्छाउँदै गन्तव्यसम्म नै पुगेर फर्किन्छन् र कतिपय बीचैबाट फर्काउनुपर्ने हुन्छ”,जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष टिकेन्द्र नेपालीले भन्नुभयो । प्राय ग्रामीण क्षेत्रका नयाँ सडकमा समस्या देखिएको उहाँकोे भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई