२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

पहिरामा परी आमाछोरीको मृत्यु

३० असार २०७६, सोमबार ०८:०८

असार ३०, मकवानपुर | मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरामा परी दुई जनाको मृत्यु भएको छ । लगातार परेको पानीसँगै आएको पहिराले आइतबार राति इन्द्रसरोवर–१ मा रहेको घर पुरिँदा आमा छोरीको मृत्यु भएको हो । 

पहिरामा पुरिएर मृत्यु हुनेमा मार्खुकी उमेर नखुलेकी कान्छीमाया बलामी र उनकी १८ वर्षीय छोरी बबिता बलामी रहेका छन् । पहिरामा मृतक कान्छीमाया बलामीकी ३८ वर्षीय बुहारी बेली बलामी घाइते भएको जनाइएको छ । 

पहिरामा घर पुरिएपछि बेपत्ता भएका दुई जनाको केहीबेरअघि मात्र शव निकालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले पहिराले पुरिएको अवस्थामा दुवै जनाको शव निकालिएको प्रहरीले जनाएको छ । 

गएराति नै पहिराले घर पुरे पनि स्थानीय बासिन्दाले बिहान मात्र थाहा पाएका थिए । बिहानपख छिमेकी बलामीकोे घर नदेखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि पहिरामा पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यो घटनासँगै मकवानपुरमा बाढीपहिरामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ? चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै पटक-पटक अपमानित हुनुपरेको भन्दै कैलालीमा ४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले स्वर्णलक्ष्मीमा लामिछानेको बयान- ऋणको जवाफदेहिता जीबीकै हुन्छ