२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन: ४३ केजी लागुऔषध चरेससहित एक पक्राउ, दुर्घटनामा ७ घाइते

२०७६, ३१ असार मंगलवार ०१:३२

असार ३१, चितवन (रासस) | चितवनमा लागुऔषध चरेससहित एक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८:२० बजे भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुनलाई प्रतिबन्धित लागुऔषध ४३ केजी चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

बरामद चरेससहित खातुनलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । 

दुर्घटनामा सात घाइते, एकको अवस्था गम्भीर 

चितवनमा माइक्रोबस दुर्घटना हुँदा सात घाइते भएका छन् । काठमाडाँैबाट नारायणगढतर्फ गइरहेको ग१ख ५३५५ नंको माइक्रोबस भरतपुर महानगरपालिका–१ स्थित आँपटारीमा सोमबार साँझ ६ः४५ बजे अनियन्त्रित भई पल्टिँदा माइक्रोबसमा सवार सात घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

घाइतेमध्ये चितवन रत्ननगर नगरपालिका–२ का २५ वर्षीय रञ्जना तिमल्सिनाको अवस्था गम्भीर रहेको छ । उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै अन्य घाइते हुनेमा भरतपुर महानगरपालिका–७ का ३३ वर्षीय विकास आलेमगर, बारा निजगढ नगरपालिका–६ का २१ वर्षीय अनिष राउत, सोही स्थानका २१ वर्षीया अनु राउत, काठमाडौँ महानगरपालिका–३१ का ८१ वर्षीय कृष्ण रिमाल, ३० वर्षीय सन्दीप न्यौपाने, २८ वर्षीया मीना तिमल्सिना रहेको प्रहरीले जनाएको छ । माइक्रोबसमा १० यात्रु रहेकामा तीनको अवस्था भने सामान्य रहेको जनाइएको छ । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण