२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

बाढी पहिरो प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो

२०७६, ३१ असार मंगलवार ०६:४९

असार ३१, जनकपुर | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो औँल्याउनुभएको छ । धनुषा र सिरहा जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

दुवै जिल्लाका लागि उपलब्ध सामग्री र जनशक्तिले भइरहेको राहत र उद्धार कार्य प्रशंसनीय भए पनि डुबानका क्षेत्रमा उच्च प्राविधिक जनशक्तिको आवश्यकता रहेको मन्त्री यादवले उल्लेख गर्नुभयो । 

कमला नदीको बाँधमा कटान हुनसक्नेतर्फ इङ्गित गर्दै उहाँले  सम्भावित जोखिमलाई दृष्टिगत गरी उच्च प्राविधिकद्वारा बाँध मर्मत तथा संरक्षण तत्काल गर्नु आवश्यक भएकामा उहाँले जोड दिनुभयो । 

प्राकृतिक विपद्मा राजनीति नगरी वास्तविक पीडितलाई राहत उपलब्ध गराउनु जरुरी भएको बताउँदै उहाँले राहतका लागि मात्र सरकारमाथि नै आश्रित हुने आकांक्षा त्यागी आ–आफ्ना सामथ्र्य पनि प्रयोग हुनु आवश्यक छ भन्नुभयो ।

मन्त्री यादवले सरकारले बाढीबाट पीडितलाई उद्धार  गर्न गोताखोरलाई विशेष सुविधा दिने घोषणा गरिसकेको र यस विपत्तिमा गोताखोरको सङ्ख्या बढाउनु जरुरी भएको जानकारी दिनुभयो । एक फरक प्रसङ्गमा उहाँले जनकपुरधाम विमानस्थलमा ‘रिफिल सेन्टर’ साउन १० गतेदेखि सञ्चालन हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस