२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला प्रकरण: पत्रकार भण्डारीलाई अचम्मको सजाय, १ रुपयाँ जरिवाना र १ घण्टा कैद !

३१ असार २०७६, मंगलवार २०:०१

साउन १, काठमाडौँ | निर्मला हत्या प्रकरणमा अदालतको मानहानी गरेको विषयमा परेको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरले मानसखण्डा दैनिकका सम्पादक तथा प्रकाशक खेम भण्डारीलाई आत्मालोचना वा एक घण्टा कैद सजायको फैशला गरेको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले यस्तो फैसला गरेको हो । 

पत्रकार भण्डारीले अदालतको अवहेलना गरेको ठहर गर्दै ३ दिनभित्र आत्मालोचना गर्ने वा १ घण्टा कैद र १ रुपैयाँ जरिवाना हुन सक्ने फैसला गरेको छ । तीन महिनाअघि जिल्ला बार एसोसिएसनले दायर गरेको मुद्दामा सोमबार जिल्ला अदालतले उक्त फैसला सुनाएको हो ।

बलात्कारपछि हत्या भएकी कंचनपुरकि १३ वर्षीया वालिका निर्मला पन्तको घटनामा यातना र प्रमाण नष्टको अरोपमा मुद्दा लागेका तत्कालीन प्रहरी अधिकारीको विषयमा अदालतले मागेको एमिकस क्युरीको विषयमा जिल्ला बारले विष्टको नातेदार पठाउन खोजेको भन्दै पत्रकार भण्डारीले आफू सम्पादक रहेको पत्रिका मानसखण्डमा समाचार प्रकाशित गर्नुका साथै आफ्नो फेसबुक वालमा उक्त कुरा पोष्ट गरेका थिए । बारले एमिकसमा पठाएका व्यक्तिले पनि प्रहरी अधिकारीलाई जोगाउने खालको धारणा राखेको मानसखण्ड दैनिकमा समाचार छापिएको थियो ।

अदालतको फैशला पछि पत्रकार भण्डारीले आत्मालोचना गर्नुपर्ने भएको छ । साथै उनले फेसबुकमा लेखेका स्टाटस पनि हटाउनु पर्ने भएको छ । यदी पत्रकार भण्डारीले त्यसो नगरेको खण्डमा एक घण्टा कैद बस्नुपर्ने र एक रुपैयाँ जरिवाना तिर्नु पर्नेछ । उनीमाथि अदालतले गरेको यो फैसला संसारकै लागि नौलो भएको अधिवक्ताहरुको भनाई छ ।

अदालतको सोमबारको फैशला विरुद्ध पत्रकार भण्डारी भने पुनरावेदन जाने बताएका छन् । उनले आफूले हालेको समाचारप्रति आत्मालोचना नछाप्ने र आफ्नो फेसबुकमा लेखेका स्टाटस पनि नहटाउने बताएका छन् । उनले आफूबाट गल्ति नभएको भन्दै जिल्ला अदालतको फैसलामा पुनरावेदन जाने निर्णय लिएको जनाएका छन् । एक वर्षको जेल सजाय गरे पनि एक घण्टा सजाय गरेपनि कसुर ठहर गरेको मानिन्छ । त्यसैलाई विचार गर्दै पत्रकार भण्डारीले अदालतको फैशला विरुद्ध पुनरावेदन जाने निर्णय लिएको बुझिएको छ । 

यसै बिषयमा स्टाटस लेख्दै पत्रकार भण्डारीले आफ्नो फेसबुकमा पोष्ट गरेको स्ताटस जस्ताको तस्तै: 

कन्चनपुर बारले अदालतको अपहेलना भन्दै मेरा बिरुद्ध हालेको मुद्दामा फैसला आएको सुने । फैसलामा मलाइ 3 दिनको म्याद दिई आत्मालोचना नगरे 1 घण्टा कैद र 1 रुपैयाँ जरिवाना गर्ने भनिएको सामाजिक सन्जालबाट थाहा पाए । यस बारेमा मेरो भन्नू यस्तो छ ,

1- अदालतको निर्णयको सम्मान गर्छु । 

2- जिल्ला अदालतको निर्णय अन्यायी भयो भन्ने मलाइ लागेको छ । मैले मेरो पुनरावेदन गर्न पाउने अधिकार प्रयोग गर्नै पर्ने बाध्यत्मक अवस्था आयो ।

3- बरू फाँसी भोग्छु, यस प्रकरणमा माफी माग्ने कुनै सम्भावना छैन ।

4- जिन्दगी मेटाउन सक्छु तर मैले एक पटक अपलोड गरेको स्टाटस न कहिल्यै मेटे, न मेट्ने छु ।

र, मेरो यो धारणामा अहिले पनि कायम छु,

1- कन्चन्पुर बार निर्मला हत्याकाण्ड मा मेरो भूमिका बिरुद्द छ । 

2- एमिकस क्युरिमा घुसपैठ गराएर अदालतलाइ गुमराह गर्नकै लागि जिल्ला बारले अभियुक्त डिल्लिराज बिस्टका सहोदर हरेन्द्रराज बिस्टलाई मनोनयन गरिएको हो ।

3- उच्च अदालतबाट एमिकस क्युरीमा पठाइएका थानेस्वर प्रसाद भट्टले एमिकस क्युरीको मर्यादाबिपरित बिगतका आफ्नै धारणा बिरुद्ध पुलिसको पक्ष लिएर एमिकस्क्युरी कै बदनामी गरेका हुन । र उनले समाजको अपेक्षा बिपरीतको काम गरेका हुन ।

4- निर्मला हत्याकाण्डलाई सिथिल पार्न सुरूमा "घामजत्तिको उज्यालो" भन्नेहरू पछि पैसामा बिकेकै हुन।

र, मेरो प्रण 

अदालतको सधै सम्मान गर्ने छु । तर, कालोकोट धारण गरेर अपराधको संरक्षण गर्न पल्केका हरू बिरुद्ध सधै सङ्घ,गरिरहने छु ।

Photo Credit: Facebook Profile (Khem Bhandari) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य