२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा खानेपानीको सङ्कट

२०७६, १ श्रावण बुधबार ०८:१०

साउन १, महोतरी | पछिल्लो एक साता बाढी र डुबान खेपेका महोत्तरीवासीलाई खानेपानीको सङ्कट बढेको छ । खानेपानीका मुहान बाढीले धमिलिएपछि यहाँ खानेपानीको सङ्कट बढेको हो ।

जिल्लाको सुदूर उत्तरी क्षेत्रको करीब ७० हजार जनसङ्ख्या रहेको बर्दिवास नगरपालिका क्षेत्रमा खानेपानी आपूर्ति गरिने रातु नदी र खोल्सीहरुको पानी बाढीले धमिलिएपछि घरघरमा जडान भएका धारामा लेदो धमिलो पानी झर्ने गरेको छ । पानी धमिलिएपछि अब कसरी खानेपानीको व्यवस्था गर्ने चिन्ताले गृहिणी पिरोलिएका छन् ।

“अब खानेपानी कसरी व्यवस्था गर्ने होला ?”,बर्दिवास–२ बुद्धचोककी गृहिणी मञ्जु परियारले दिक्दारिँदै भन्नुभयो, “हुनेखाने सम्पन्नता भएका जार र सिल बोतलका पानी (मिनरल वाटर) ल्याउँछन्, हामी गरीबले अब घाँटी भिजाउन पनि धमिलो पानीकै सहारा लिनुपर्ने भयो ।”

बर्दिवास १, २, ३ र १४ मा खानेपानीको आपूर्ति गर्दै आएको साना शहरी खानेपानी तथा सरसफाइ संस्थाले मुहानमा बाढीले पानी धमिल्याएको हुँदा समस्या भएको स्वीकार गरेको छ । “के गरौँ जुन पानी सङ्कलन गरेका छौँ, त्यसको मुहान नै धमिलिएको छ”,संस्थाका अध्यक्ष भोला खड्काले भन्नुभयो, “मुहान सङ्ल्याउन प्रयत्न थालिए पनि लगातारको बाढीले पानी धमिल्याएको छ ।”मुहानमा पानी ल्याउन ओछ्याइएको पाइपको मुखमा छानेर शुद्ध पानी ल्याइने व्यवस्था मिलाइएको भए पनि बाढीले धमिल्याएको पानी नै पाइपमा आएपछि धारामा धमिलो पानी झरेको खड्काको भनाइ छ । अब वर्षा कम भएसँगै नदीको मुहान सङ्लिँदै गएको खड्काले बताउनुभयो । 

यसबाहेक ४ र  ५ वडाको माईस्थान, ८ को हाथीलेट तथा १० र ११ को खयरमारामा पनि खानेपानी सङ्कलन गरिने नदी र खोल्सीका मुहान धमिलिएको हुँदा स्वच्छ खानेपानी आपूर्तिमा समस्या परेको ती बस्तीका खानेपानी उपभोक्ता संस्थाले जनाएका छन् । यसबाहेक इनारबाट खानेपानी आपूर्ति हुँदै आएका बर्दिवास–६ र ७ को किसाननगर, ९ को पशुपतिनगर तथा १२ र १३ को बिजलपुरामा पनि बाढीको लेदो इनारभित्र पस्दा खानेपानीको समस्या परेको बर्दिवास नगरपालिकाका उपप्रमुख कृष्णमाया गौतमले स्वीकार गर्नुभयो । 

“बाढी र डुबानको समस्याले खानेपानीमा समस्या आएको छ”,गौतमले भन्नुभयो, “तत्काल पानी तताएर निर्मलीकरण गर्न सबैले तत्परता देखाउन प¥यो, हामी यसको निदान खोज्न लागिपरेका छौँ ।” नगरपालिका कार्यालयले विभिन्न संस्थाको समन्वयमा घरघरमै पानी निर्मलीकरण गर्ने चक्की पु¥याउने तयारी गरेको गौतमको भनाइ छ । 

बर्दिवासका अतिरिक्त गौशाला र भङ्गाहा नगरपालिकामा पनि खानेपानीमा सङ्कट परेको छ । खानेपानीका धारा, इनार र चापाकल खानेपानीका स्रोत रहेका दुवै नगरपालिका क्षेत्रमा अहिले चापाकल चाहिँ बालुवा थुप्रिएर थुनिएका र इनारमा लेदो पसेर पानी धमिल्याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । गौशाला नगरक्षेत्रमा जडान भएका खानेपानीका धारामा पनि मुहान धमिलिँदा लेदो पानी झर्ने गरेको गौशाला नपाको लक्ष्मीनियाँ बटुवा बस्तीका सूर्यनारायण महतोले बताउनुभयो । 

जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा खानेपानीका लागि प्रयोग गरिने चापाकल र आर्टिजिन बोरिङको पानी नधमिलिए पनि धेरैजसो ठाउँमा अझै चापाकल र आर्टिजिन बोरिङको मुख डुबानमै रहेकाले समस्या भएको छ ।

बर्दिवासमा खानेपानीको सङ्कट बढेसँगै खानेपानीका जार र सिल पानीका बोतलको बिक्री ह्वात्तै बढेको छ । स्वास्थ्य सचेतना भएका र पानी किन्न रकम जुटाउन सक्नेले यस्तै पानी किनेर खानपिउन प्रयोग गरेका छन् । पानीको माग बढेसँगै बर्दिवासचोकमा पानीको जारको १०० र एक लिटर पानीको बोतलको ५० रुपैयाँसम्म व्यापारीले लिने गरेका उपभोक्ताको गुनासो छ ।

बाढी र डुबान समस्यासँगै पानीका अतिरिक्त अन्य दैनिक उपभोग्य सामग्रीको मूल्य पनि आकासिएको छ । आपत्विपद्कै बेला गुणस्तरहीन सामान पनि उपभोक्ता लिन बाध्य देखिएका छन् । यस्तो बेला बजार अनुगमनलाई पनि राहत उद्धार कार्यक्रमको अङ्ग नै बनाएर सरकार र सम्बद्ध निकायले काम गर्नपर्ने बुद्धिजीवीले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला