२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार तलब

१ श्रावण २०७६, बुधबार ०९:१५

साउन  १, चितवन  | इच्छाकाना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ । आव २०७५-७६ मा प्रोत्साहनस्वरुप यातायात खर्चका लागि मासिक रु एक हजार ५०० उपलब्ध गराउँदै आएकामा गाउँपालिकाले आव २०७६-७७ देखि भने रु ५०० वृद्धि गरेर मासिक रु दुई हजार दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई झोला, छाता र टर्चलाइट पनि उपलब्ध गराएको छ । महिला स्वास्थ्य स्वंयसेविका रातदिन घामपानी नभनी जनताको सेवामा खटिरहनुपर्ने भएकाले काम गर्न सहज होस् भनेर यी सामग्री उपलब्ध गराइएको अध्यक्ष गुरुङले बताउनुभयो ।

सात वटा वडा रहेको यस गाउँपालिकाभित्र ३६ महिला स्वास्थ्य स्वयंसेविका रहेको गाउँपालिका स्वास्थ्य संयोजक धनकुमार खड्काले जानकारी दिनुभयो ।  नेपालमा बाल मृत्यु र मातृ मृत्युदर रोक्न, प्रजनन स्वास्थ्यका बारेमा गाउँगाउँमा  महिला स्वास्थ्य स्वयंसेविकाले जनचेतना दिँदै आएका छन् ।

यसैबीच गाउँपालिकाको वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक धनकुमार खड्काले सरकारले तोकेको मापदण्ड पूरा गरेपछि पूर्ण संस्थागत सुत्केरी वडा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्ण संस्थागत वडा घोषणा गर्न स्वास्थ्य संस्थामा ९५ प्रतिशतले सुत्केरी गराएको हुनुपर्नेछ ।  

आर्थिक वर्ष २०७५-७६ को साउनदेखि जेठ महीनासम्म यस वडामा १३१ मध्ये छ जनाले मात्र घरमै सुत्केरी गराएको र यो संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा ९५.५ प्रतिशत भएको संयोजक खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ