२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जीर्ण बन्दै कर्णाली पुल

२०७६, १ श्रावण बुधबार १०:२७

साउन १, लम्की | कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानीस्थित पूर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिमलाई जोड्ने कर्णाली नदीको पुल जीर्ण बन्दै गएको छ । 

पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको हो । एउटा मात्रै पिल्लरमा निर्मित केबुल तारयुक्त पाँच सय मिटर लम्बाई भएको नमूना पुल भएका कारण पनि कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै आएको छ ।

२०४९ सालमा निर्माण भएको यो पुल निर्माण भएपश्चात् अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन हुन सकेको छैन । “पुलका कतिपय ‘नट बोल्टहरु’खुल्दै गएका (हल्लिएका) छन् भने ‘सपोर्टिङ’केबुल तार चुँडिएका छन्”,स्थानीयवासी मोहन खाँडले भन्नुभयो, “मर्मतसम्भार तथा रङरोगनको अभावमा पुलका विभिन्न भागमा खिया लागेको छ ।”

तत्कालीन माओवादी द्वन्द्वका क्रममा चिसापानीमा लडाकू र सेनाबीच भीडन्त हुँदा पुलका विभिन्न भागमा गोली लागेर क्षति भएको थियो । गोली लागेर प्वाल परेका निशान अहिले पनि देख्न सकिन्छ । जसका कारण पुल कमजोर बन्दै गएको छ । 

पुलको पूर्वतर्फका तीनवटा तार हावा चल्दा अस्वभाविक रुपमा हल्लिने गरेको लम्की उद्योग वाणिज्य सङ्घका महासचिव लव शाहीले जानकारी दिनुभयो । उहाँले पुलको ब्यालेन्स हेर्नका लागि तारमा जोडिएका ‘बल’समेत खस्न थालेको बताउनुभयो । “नियमित मर्मतसम्भार र रङरोगन नहुँदा पर्यटकीय महत्व बोकेको कर्णाली पुल जीर्ण बन्दै गइरहेको छ”,महासचिव शाहीले भन्नुभयो, “समयमै मर्मतसम्भार हुन नसके कुनै दिन ठूलो दुर्घटना हुन बेर छैन ।”

चिसापानीस्थित कर्णाली पुल हेर्नकै लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । नेपालका विभिन्न जिल्लासहित भारतको उत्तर प्रदेश र उत्तराखण्डका विभिन्न शहरबाट समेत भारतीय नागरिक चिसापानी पुल हेर्न आउने गर्दछन् । उनीहरु एशियाकै नमूना पुल हेर्नका लागि स–परिवार चिसापानी आउने गरेको बताउनुहुन्छ । चिसापानी आउने कर्णाली पुलमा फोटो खिच्न, कर्णालीको चिसो हावामा रमाउन र कर्णालीका माछाको स्वाद लिनकै लागि यहाँ आउने गर्नुहुन्छ । “चिसापानी आउनेहरु कर्णाली पुलमा एउटा तस्वीर नखिची फर्कन मान्दैनन्”,स्थानीयवासी नेत्र जैसीले भन्नुभयो, “यहाँ आउने कर्णालीको माछा खाएर मात्र जाने चलन छ ।”सुदूरपश्चिम प्रदेशबाट पूर्व जाने लामो तथा छोटो दूरीका सवारीसाधन होस् या पर्यटक चिसापानीमा एक छाक खाना खाने योजना बनाउँछन् । जसका कारण चिसापानीमा होटल व्यवसाय राम्रो चलेको जैसीले बताउनुभयो । 

सरकारले चिसापानीलाई पर्यटकीय क्षेत्रसमेत घोषणा गरेको छ तर पछिल्लो समयमा पुल जीर्ण बनेपछि आकर्षण हराउँदै गएको स्थानीय होटल व्यवसायी नवीन भुजेलले बताउनुभयो । भुजेलले पुलको सुन्दरता हराएसँगै चिसापानीको महत्वसमेत सङ्कटमा पर्ने खतरा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस