२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोतरीमा पानीमा डुबेर मृत्यु हुनेमा बालबालिका धेरै

३ श्रावण २०७६, शुक्रबार ०४:३९

साउन ३, महोतरी  | महोत्तरीमा गत आर्थिक वर्ष २०७५-७६ मा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो देखिन्छ । बितेको वर्ष दिनको अवधिमा १० महीनादेखि १२ वर्ष उमेरभित्रका १८ को डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

गत आव २०७५-७६ मा बगेर र डुबेर मृत्यु हुने २७ को मृत्यु भएको प्रहरी अभिलेखमा उल्लेख छ । जसमध्ये यही असार अन्तिम साताको बाढी र डुबानमा परी सातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले जानकारी दिनुभयो ।

 पछिल्लोपटक बाढी र डुबानमा परी मृत्यु हुनेमा पनि सात महीनादेखि १२ वर्षभित्रका बालबालिकाको सङ्ख्या पनि बढी छ । यसक्रममा मृत्यु भएका सातमध्ये चार  १२ वर्षमुनिका र दुई १३-१४ वर्षीय किशोर छन् । यसक्रममा बाढीले बगेर एक ७० वर्षीय वृद्धको पनि मृत्यु भएको छ ।

 यसबाहेक गत जेठसम्म बगेर र डुबेर मृत्यु हुने २० मध्ये १५ बालबालिका रहेको अभिलेखमा देखिन्छ । सो सङ्ख्यामा १० महीनादेखि अधिकतम १० वर्ष उमेरका बालबालिका परेका प्रहरी उपरीक्षक अधिकारी बताउनुहुन्छ । यसबाहेक  ६५ वर्ष उमेर कटेका दुई र तीन बयस्क पुरुष परेका छन् । 

वर्षभरि यसरी मृत्यु हुनेमा १२ पोखरीमा डुबेका पाइएको छ । यसरी मृत्यु हुने बालबालिकामा दुईको घर अगाडि जमेको पानीमा डुबेर र दुई साना नानीको त घरमै राखिएको पानीको भाँडामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसबाहेकका नुहाउने क्रममा पोखरीको डिलबाट चिप्लेर पानीमा डुबेका छन् । 

यस्ता घटनामा बालबालिका पर्नुमा अभिभावकको बेवास्ता मुख्य कारण रहेको प्रहरी अधिकारीको भनाइ छ । नदी र पोखरीमै तीन वर्षदेखि १० वर्षका बालबालिका  नुहाउन  जाँदा घरका अभिभावक बेखबर देखिएको प्रहरी बताउँछन् । अभिभावकले आफ्ना साना सन्तानबारे चासो नदेखाउँदा अकालमा बालबालिकाको ज्यान गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो