२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरमा कृत्रिम ताल निर्माणले जङ्गली जनावर पुरानै बासस्थानमा फर्के

५ श्रावण २०७६, आईतवार ०४:५६

साउन ५, कंचनपुर  | संरक्षित जनावरलाई पानीको व्यवस्था गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिमताल निर्माण गरिएका छन् । संरक्षित जनावरलाई पानी खुवाउन सहजता प्रदान गर्न सामुदायिक वनको भित्री र बाह्य क्षेत्रमा गरी दुई ताल निर्माण गरिएका हुन् ।

दुईवटै पोखरी निर्माण गर्नका लागि सामुदायिक वन र लालझाडी मोहना संरक्षण कार्यक्रमअन्तर्गत रु आठ लाख ५० हजार लगानी गरिएको छ । ताल निर्माणका लागि सामुदायिक वनका उपभोक्ताले रु तीन लाख बराबरको श्रमदान गरेका छन् । वनको भित्र भागमा रु पाँच लाख खर्चेर सामुदायिक वनले आफ्नै लगानीमा ताल निर्माण गरेको सामुदायिक वनका कोषाध्यक्ष बाबुराम चौधरीले बताउनुभयो ।

उहाँका अनुसार अर्को ताल रु तीन लाख ५० हजारको लागतमा लालझाडी मोहना संरक्षण कार्यक्रमअन्तर्गत निर्माण गरिएको हो । विगतमा सामुदायिक वन क्षेत्रमा रहेका तालतलैया संरक्षणको अभावमा पुरिएर सुकेपछि पानीको अभावमा जङ्गली जनावरले बासस्थान सारेका थिए चौधरीले भन्नुभयो, “पानीकै अभावमा जङ्गली जनावर देख्नु दुर्लभ हुन्थ्यो ।”

सामुदायिक वन क्षेत्रमा पानीको व्यवस्था भएपछि हाल देखिन छाडेका जनावर देखिन थालेका छन् । सामुदायिक वनमा चितल, बदेल, निलगाई, मयुर र चितुवा सहजै देखिने गरेको सामुदायिक वनका अध्यक्ष जोगराम चौधरीले बताउनुभयो । जनावर देखिन थालेपछि अवलोकन गर्नका लागि सामुदायिक वनमा दुई मचानसमेत निर्माण गरिएका छन् । ४१ फिट उचाइ र २४ फिट उचाइका गरी तीनतले र एकतले मचानसमेत निर्माण गरिएको छ ।

मचान निर्माण गरिएपछि सामुदायिक वनमा रहेका जनावर र सामुदायिक वनको मनोरम दृश्य नियाल्न सकिने भएको छ । सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने सामुदायिक वनका अध्यक्ष चौधरीले बताउनुभयो । 

वैज्ञानिक वन व्यवस्था लागू भएको सामुदायिक वनको वार्षिक आम्दानी रु एक करोड ५० लाख बढी रहेको छ । आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यमा र ४० प्रतिशत रकम कार्यालय सञ्चालनमा खर्च हुने गरेको छ । सामुदायिक वनकै पहलमा विपन्न वर्गका बालबालिकाका लागि कम्प्युटर डिप्लोमा कोर्षसमेत शुरु गरिएको छ । प्रशिक्षक र कम्प्युटरको व्यवस्था गरी सामुदायिक वनकै कार्यालयमा कक्षा सञ्चालन हँुदै आएका छन् ।

विसं २०५६ मा स्थापना भएको सामुदायिक वन २०४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सामुदायिक वनमा ३१४ उपभोक्ता रहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य