२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा ७ हजार ८ सय घरधुरीको पुनः जाँच सर्वेक्षण

५ श्रावण २०७६, आईतवार ०६:१६

साउन ५, तनहुँ | तनहुँ जिल्लाका सात हजार ८३५ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा तनहुँ जिल्लामा वैशाख १९ गतेदेखि शुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणमा १० स्थानीय तहका सात हजार ८३५ घरधुरीको सर्वेक्षण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ ।

जिल्लाका १० स्थानीय तहका नौ हजार ७९२ घरधुरीले छुट तथा पुनः जाँच सर्र्वेक्षणका लागि फारम भरेका थिए । एकाइ प्रमुख जयप्रकाश गुप्ताका अनुसार व्यास नगरपालिकामा दुई हजार ४२ गुनासो दर्ता भएकामा ९१२, भानु नगरपालिकामा तीन हजार ९९३ गुनासो दर्ता भएकामा तीन हजार २६०, बन्दीपुर गाउँपालिकामा ५४५ गुनासो दर्ता भएकामा ५३०, आँबुखैरेनी गाउँपालिकामा २९२ गुनासो दर्ता भएकामा २९२, देवघाट गाउँपालिकामा ३४८ गुनासो दर्ता भएकामा ३४८ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण सकिएको छ । 

त्यस्तै घिरिङ गाउँपालिकामा १३१ गुनासो दर्ता भएकामा १३१, भीमाद नगरपालिकामा ५३१ गुनासो दर्ता भएकामा ५३१, म्याग्दे गाउँपालिकामा ७१७ गुनासो दर्ता भएकामा ६९२, शुक्लागण्डकी नगरपालिकामा एक हजार ६५ गुनासो दर्ता भएकामा एक हजार ११ र रिसिङ गाउँपालिकामा १२८ गुनासो दर्ता भएकामा १२८ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण सकिएको गुप्ताले जानकारी दिनुभयो ।

व्यास र भानु नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहमा लगभग सर्वेक्षणको काम सम्पन्न भएको गुप्ताले जानकारी दिनुभयो । “व्यास र भानु नगरपालिकामा सबैभन्दा बढी गुनासो दर्ता भएकाले सर्वेक्षणको काम सम्पन्न हुन सकेको छैन,” गुप्ताले भन्नुभयो, “अन्य स्थानीय तहमा लगभग सकिएको छ, केही घरधुरी दोहोरिएकाले त्यसको बारेमा बुझ्दैछौ ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले असार मसान्तसम्म छुट तथा पुनः जाँच सर्वेक्षणको समयावधि तोकेपनि सर्वेक्षण नसकिएकाले प्राविधिक कार्यक्षेत्रमै खटिरहेको कार्यालयले जनाएको छ । घरधुरी सर्वेक्षणका लागि जिल्लामा ५३ जना प्राविधिक परिचालन गरिएको थियो । 

छुट तथा पुनः जाँच सर्वेक्षणलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा सर्वेक्षण सञ्चालन जिल्ला समिति गठन गरिएको छ । उक्त समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय अधिकारी, जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य