२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा बजेटको कमिले १४० खानेपानी आयोजना रोकिए

६ श्रावण २०७६, सोमबार ०५:५९

साउन ६, काभ्रेपलाञ्चोक | आर्थिक वर्ष २०७५-०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । 

न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु गरी २०७६ असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोकको ७५ वटा र सिन्धुपाल्चोकको ६५ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्रमुख लोकबहादुर चौलागाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रु पाँच करोडको आयोजनामा जम्मा दुई लाख बजेट आउँछ, गत असार मसान्तसम्ममा सक्नुपर्ने दुवै जिल्लाका चालू खानेपानी आयोजना त्यतिकै अलपत्र अवस्थामा छन् ।” 

चौलागाईंले गत आवमा न्यून बजेट आउँदा सङ्घीय मन्त्रालयमा थप बजेटका लागि गत वैशाखसम्म ताकेता गर्दा पनि थप बजेट निकासा नभएको बताउनुभयो । “दुई वटै जिल्लाका केही योजना सम्पन्न हुने चरणमा थिए, थोरै रकमले पनि रोकिएका छन्”,उहाँले भन्नुभयो । उहाँले न्यून बजेट निकासा हुनु र कर्मचारी समायोजन तथा डिभिजन कार्यालय स्थानान्तरणका कारण आयोजनाका काम प्रभावित भएको बताउनुभयो । 

मुलुक सङ्घीयतामा गएपछि २०७५ साउन महीनामा काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको चौतारामा सारिएको थियो । त्यस कार्यालयको कार्यक्षेत्र अहिले दुवै जिल्लामा रहेको छ । 

पुनःनिर्माण योजनाअन्तर्गत शुरु गरिएका काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश खानेपानी आयोजना पनि थप बजेट नआउँदा अलपत्र अवस्थामा रहेका छन् । केन्द्रीय सरकारको पुनःनिर्माण शीर्षकको बजेटबाट २०७३ सालदेखि विभिन्न मितिमा शुरु गरिएका ९० वटामध्ये हाल करीब दुई दर्जन खानेपानी आयोजना सम्पन्न भएका छन् । 

खानेपानी आयोजनाको बाँकी बजेट रकम कहाँबाट आउने भन्ने अन्योलका कारण निर्माणाधीन आयोजनाका काम रोकिएको डिभिजन कार्यालयका काभ्रेपलाञ्चोकस्थित प्राविधिक राजेन्द्र श्रेष्ठले बताउनुभयो । बनेपा नगरपालिका–३ चुनातालका लिफ्टिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष टेकप्रसाद दाहालले रु ३० लाखको खानेपानी योजनाको २०७३ साल साउनमा पहिलो किस्ता रु १० लाख लिएर शुरु गरिएको बताउँदै त्यसपछि थप बजेट नआउँदा काम अलपत्र अवस्थामा रहेको जानकारी दिनुभयो ।

मुलुक सङ्घीयतामा गएसँगै खानेपानी आयोजनाको बाँकी बजेट रकम केन्द्र सरकार वा प्रदेश सरकारमार्फत आउने भन्ने अन्योलका कारण निर्माणाधीन आयोजना अलपत्र अवस्थामा पुगेका हुन् । 

डिभिजन कार्यालय प्रमुख चौलागाईंले पुनःनिर्माण कार्यक्रमअन्तर्गतको निर्माणाधीन खानेपानी आयोजनाका लागि गत चैत महीनामा प्रदेश सरकारबाट बजेट आउने भएपछि केही योजनाको काम सकिएको र केहीको काम अघि बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुनःनिर्माणका खानेपानी आयोजनाको काम पनि तीन वर्षमा, अर्थात् असार मसान्तसम्ममा नै सक्नुपर्ने थियो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य