२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा दुर्घटनामा परी एक वर्षमा ६१ जनाको मृत्यु

२०७६, ६ श्रावण सोमबार ०६:५३

साउन ६, दमौली, आर्थिक वर्ष ०७५-७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा  भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो । 

तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सवारी दुर्घटनाको सङ्ख्यामा यसवर्ष केही कमी आए पनि सन्तोषजनक भने छैन । अघिल्लो वर्षभन्दा गतवर्ष दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चारले कमी छ ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरिए पनि दुर्घटनाको क्रम नरोकिएको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न दुर्घटनामा ११८को स्थिति जटील र ७१ सामान्य  घाइते भएका थिए । 

दुर्घटनामा परेका मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी छ । यस अवधिमा ६६ मोटरसाइकल, ३७ बस, १९ जीप तथा कार, ११ ट्रक। टिपर र नौ  माइक्रोबस दुर्घटना भएको कार्यालयले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिकास्थित कोत्रे, गाछेपानी, म्याग्दे गाउँपालिकास्थित अकला, गुणादी, व्यास नगरपालिकास्थित कमलाबारी, घाँसीकुवा, बन्दीपुर गाउँपालिकास्थित नाहाला, विमलनगर, आँबुखैरेनी गाउँपालिकास्थित पावरहाउस, एक्लेफाँट बढी दुर्घटना हुने ठाउँ हुन् । दुर्घटना न्यूनीकरणका लागि कार्यालयले त्यस्ता ठाउँमा सचेतना बोर्ड, कन्भेक्स ऐना राखेको छ भने सवारीको गतिमापनका लागि ‘रडार गन’ प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो ।  दुर्घटना न्यूनीकरणका लागि उक्त कार्यालयले सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ ।  सवारी दुर्घटना न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिइएकोे हो ।

तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापरवाहीजस्ता कारणले सवारी दुर्घटना वृद्धि भएको ट्राफिक प्रमुख अधिकारीको भनाइ थियो । “तीव्रगतिमा सवारी  साधान चलाउने, एकअर्काबीच प्रतिस्पर्धा, सडकमा खाल्डाखुल्डीजस्ता कारणले सवारी दुर्घटना बढेको हो,” उहाँले भन्नुभयो, “सडक ठाउँ–ठाउँमा भत्किएको छ, समयमै मर्मत नगरिएकाले मोटरसाइकल र स्कुटर बढी मात्रामा दुर्घटनामा पर्ने गरेको हो ।”पृथ्वीराजमार्गको ७२ किलोमिटर भाग तनहुँ जिल्लामा पर्दछ । 

डेढ करोड राजश्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयले  आर्थिक वर्ष ०७५-७६मा सवारी साधानका चालकलाई गरेको  कारवाहीमा रु एक करोड ६६ लाख ९४ हजार राजश्व सङ्कलन भएको छ । सो अवधिमा नियम उल्लङ्घन गरी चलाइएका २६ हजार ६४६ चालक कारबाहीमा परेका थिए ।  

कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा सवारी कारवाहीबाट रु एक करोड ६९ लाख २६ हजार ५०० राजश्व सङ्कलन गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस