Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रदेश ३ सरकारले एक बर्षमा गर्यो २० करोडको सवारी साधन खरीद

२०७६, ६ श्रावण सोमबार ०८:३९

साउन ६, हेटौंडा  | प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५-०७६ मा झण्डै रु २० करोडको सवारी साधन खरीद गरेको छ । महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । चालू आव २०७५-०७६ मा प्रदेश सरकारले करीब रु १९ करोड ६९ लाख ७७ हजारको सवारी साधन खरीदमा खर्च गरेको तथ्याङ्क छ ।  

प्रदेश ३ का कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४-०७५ मा रु सात करोड एक लाख ३५ हजारको सवारी खरीद गरेको थियो । चालू आवमा सबैभन्दा बढी सवारी प्रदेशसभा सचिवालयले खरीद गरेको छ । प्रदेशसभा सचिवालयले रु पाँच करोड ९३ लाख ६१ हजार ७९९ बराबरको सवारी खरीद गरेको छ । प्रदेशसभा सचिवालयले प्रदेशसभाअन्तर्गत रहेका पाँचै वटा समितिका सभापति, प्रमुख सचेतक र मुख्य सचेतकका लागि गरी सात वटा सवारी र १० वटा मोटरसाइकल खरीद गरेको छ । 

यसैगरी सामाजिक विकास मन्त्रालयले रु एक करोड ९८ लाख ३८ हजार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले रु एक करोड ९८ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयले रु एक करोड ९७ लाख ३७ हजार ७००, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक करोड ९८ लाख ९४ हजार तीनसय को सवारी खरिद गरेको छ । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ७७ लाख २२ हजार ५००, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रु एक करोड २० लाख ८३ हजार बराबरको सवारी खरीद गरिएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

  त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयले रु एक करोड ५९ लाख १२ हजार ३००, नीति तथा योजना आयोगले रु ५८ लाख एक हजार ५००, प्रदेश लेखा नियन्त्रण कार्यालयले रु ६८ लाख २५ हजार २९९ बराबरको सवारी खरीद गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । गत आवमा महालेखा परीक्षकको कार्यालयले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा आफ्नो लगानी बढाउँदै लगेकोप्रति चिन्ता व्यक्त गरी तत्काल सुधार गरेर अगाडि बढाउन निर्देशन दिएको जनाइएको छ ।

  गत आवको तुलनामा संरचना ज्यादै बढेकाले खर्च पनि बढ्नु स्वभाविक भएको प्रतिक्रिया आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यालयले दिएको छ । आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालय तथा कार्यालयले सवारी खरीद गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङगेलले बताउनुभयो । उहाँले विशेष गरी प्रदेशसभाअन्तर्गत समितिका सभापतिलगायतका लागि सवारी खरीद गर्दा खर्च बढेको बताउनुभयो । जिल्लागत तहमा सवारी खरीद गरिएको तथ्याङ्क आउने क्रममा रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित