२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ

७ श्रावण २०७६, मंगलवार ०२:२९

साउन ७, काठमाडौँ | चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा.लि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल महानगरपालिका–९ का ४३ वर्षीया पार्वती केसी रहेका छन्  ।

उनीहरुले प्रचलित कानूनविपरीत प्रतिबन्धित नेटवर्किङ एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रालि काठमाडौँमा दर्ता गरी चितवनमा पिरामिड शैलीमा व्यापार प्रणाली अपनाई चितवनका सर्वसाधरणहरूलाई झुक्याएर ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।

उनीहरूबाट पीडित भएकाहरुले दिएको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता कोइरालाले बताउनुभयो । तीनै जनाउपर ठगी मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता कोइरालाको भनाइ छ । उनीहरुलाई आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ