2026-09-01 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ

साउन ७, काठमाडौँ | चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा.लि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल महानगरपालिका–९ का ४३ वर्षीया पार्वती केसी रहेका छन्  ।

उनीहरुले प्रचलित कानूनविपरीत प्रतिबन्धित नेटवर्किङ एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रालि काठमाडौँमा दर्ता गरी चितवनमा पिरामिड शैलीमा व्यापार प्रणाली अपनाई चितवनका सर्वसाधरणहरूलाई झुक्याएर ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।

उनीहरूबाट पीडित भएकाहरुले दिएको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता कोइरालाले बताउनुभयो । तीनै जनाउपर ठगी मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता कोइरालाको भनाइ छ । उनीहरुलाई आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला