2026-10-04 06:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

प्राविधिकको सल्लाहबिना निर्माण गर्दा गम्भीर दुर्घटना

साउन ७, पाँचथर |  मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा गत वर्ष किराँत राजा यलम्बरको चिटिक्क परेको मूर्ति राखिएको थियो । ठुल्ठूला बरपीपलको रुखमुनि निर्माण गरिएको चौतारो र बीचमा रहेको मूर्तिले धेरैलाई आकर्षण गथ्र्यो । मेची राजमार्गमा यात्रा गर्नेहरु यहाँ बसेर आनन्द लिन्थे ।

 तर यही स्थानमा सोमबार बिहान गम्भीर दुर्घटना भयो । मूर्ति राख्नका लागि जोडबल गर्नेहरुमध्येकै दुईको ज्यान गयो । एक घाइते भए । उक्त स्थानमा निर्माणाधीन यलम्बर उद्यानको १९ दिनअघि ढलान गरिएको छतले किच्दा स्थानीय ५० वर्षीय जगतबहादुर राई र ५१ वर्षीय रुद्र राईको घटनास्थलमै ज्यान गयो । घटनापछि गुणस्तरहीन निर्माणका कारण गम्भीर दुर्घटना भएको भन्दै स्थानीय तह, प्राविधिक तथा जनप्रतिनिधिको आलोचना भयो । तर यथार्थ भने फरक छ ।

उपभोक्ता समितिले उक्त वडामा खटिएका गाउँपालिकाका प्राविधिकको सल्लाह लिन नमानेको प्राविधिकले आफूसँग गुनासो गर्ने गरेको गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष सुनमान तामाङले बताउनुभयो । “उक्त योजनामा खटिएका प्राविधिकमाथि पटक–पटक दुव्र्यवहार भएको थियो”,तामाङले भन्नुभयो, “उपभोक्ता समितिका पदाधिकारीले जबर्जस्ती गर्दा यस्तो परिणाम आइप¥यो ।”

यलम्बर उद्यानमा अघिल्लो आर्थिक वर्षमा नै भुईँ तहको काम सम्पन्न भएको थियो । गत आर्थिक वर्षमा वडाबाट उद्यानको घेराबाराका लागि रु एक लाख बजेटको योजना प्रस्ताव गाउँपालिकामा गएको थियो । गाउँसभाले रु एक लाखले अपेक्षित काम हुननसक्ने भन्दै थप रु एक लाख विनियोजन गर्ने निर्णय गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहालका अनुसार घेराबाराका लागि बजेट छुट्याइएको भए पनि उपभोक्ताले ठूलो रकम आएको भन्दै छत ढलान गर्ने योजना अघि बढाएका थिए ।

 दाहालका अनुसार उपभोक्ता समितिका पदाधिकारीले उक्त वडामा खटिएका प्राविधिकको सल्लाह लिएनन् । जनप्रतिनिधिको सुझावसमेत कार्यान्वयन गरेनन् । अझ उनीहरुमध्ये केहीले आफूहरु निर्माणकार्यमा दक्ष मिस्त्री भएको भन्दै प्राविधिकलाई दुव्र्यवहार गरे । “वडा नं ७ मा काम गर्न धेरै गाह्रो भयो भनेर प्राविधिकहरुले गुनासो गर्नुहुन्छ । हामीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायतलाई भन्दै आएका पनि थियौँ” प्रमुख प्रशासकीय अधिकृत दाहालले भन्नुभयो, “तर यही योजनामा अवरोध र दुव्र्यवहार भएको भनेर सुनाउनुभएको थिएन ।”प्राविधिकको सल्लाह मान्न अस्वीकार गरेका उनीहरुले आफ्नै विवेकले छत ढलान गरेका थिए ।

 अघिल्लो वर्ष नै निर्माण गरिएका पिलरलाई आधार मानेर ढलान गर्ने क्रममा चित्रा ओछ्याइएको, टाइपिङ नसकिएको, गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको प्रमुख प्रशासकीय अधिकृत दाहालको भनाइ छ । उपभोक्ता समितिले समेत ठेक्का लगाउनु, निर्माणको न्यूनतम मापदण्ड पूरा हुन नसक्नु, बालुवा र गिट्टीसमेत गुणस्तरहीन प्रयोग गर्नुले गम्भीर दुर्घटना भएको उहाँको भनाइ छ । वडाध्यक्ष तामाङ पनि प्राविधिकहरुले पटक–पटक गुनासो गरेपछि आफूले सम्झाउने प्रयास गर्दासमेत उपभोक्ता समितिका पदाधिकारीले नमानेको बताउनुहुन्छ ।

 रु दुई लाखको उक्त योजना सम्पन्न गर्न स्थानीय टेकबहादुर राईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । तर उपभोक्ता समितिले मृतक जगतबहादुर राई, रुद्र राईसहित अन्य स्थानीयलाई निर्माणको ठेक्का दिएको पाइएको वडाध्यक्ष तामाङको भनाइ छ । ढलान गरेपनि काम गुणस्तरहीन भएको भन्दै गाउँपालिकाले गत असार २९ गते रु एक लाख ५३ हजार रकम निकासा दिएको प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिनुभयो ।

 प्रहरीले समेत निर्माणकार्य गुणस्तरहीन र प्राविधिक ‘स्टिमेट’एवं प्राविधिकको सल्लाह नै नलिई गरिएका कारण ‘सटिङ’खुस्काउने क्रममा सबै ढलान खसेको पाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले भन्नुभयो, “ढलान भएको छत सबै भाँचिएको, फुटेको छ । गुणस्तरीय भएको भए यस्तो नहुनुपर्ने हो ।”स्थानीयवासी ढलानका लागि लगाइएको सटिङमा मात्रै ढलान अडिएको, करीब १८ फिट लम्बाइको ढलानको बीचमा पिलर नभएका कारण छत झरेको बताएका छन् । मृतकहरु दुवैको सोमबार पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर