2026-11-01 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

प्राविधिकको सल्लाहबिना निर्माण गर्दा गम्भीर दुर्घटना

साउन ७, पाँचथर |  मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा गत वर्ष किराँत राजा यलम्बरको चिटिक्क परेको मूर्ति राखिएको थियो । ठुल्ठूला बरपीपलको रुखमुनि निर्माण गरिएको चौतारो र बीचमा रहेको मूर्तिले धेरैलाई आकर्षण गथ्र्यो । मेची राजमार्गमा यात्रा गर्नेहरु यहाँ बसेर आनन्द लिन्थे ।

 तर यही स्थानमा सोमबार बिहान गम्भीर दुर्घटना भयो । मूर्ति राख्नका लागि जोडबल गर्नेहरुमध्येकै दुईको ज्यान गयो । एक घाइते भए । उक्त स्थानमा निर्माणाधीन यलम्बर उद्यानको १९ दिनअघि ढलान गरिएको छतले किच्दा स्थानीय ५० वर्षीय जगतबहादुर राई र ५१ वर्षीय रुद्र राईको घटनास्थलमै ज्यान गयो । घटनापछि गुणस्तरहीन निर्माणका कारण गम्भीर दुर्घटना भएको भन्दै स्थानीय तह, प्राविधिक तथा जनप्रतिनिधिको आलोचना भयो । तर यथार्थ भने फरक छ ।

उपभोक्ता समितिले उक्त वडामा खटिएका गाउँपालिकाका प्राविधिकको सल्लाह लिन नमानेको प्राविधिकले आफूसँग गुनासो गर्ने गरेको गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष सुनमान तामाङले बताउनुभयो । “उक्त योजनामा खटिएका प्राविधिकमाथि पटक–पटक दुव्र्यवहार भएको थियो”,तामाङले भन्नुभयो, “उपभोक्ता समितिका पदाधिकारीले जबर्जस्ती गर्दा यस्तो परिणाम आइप¥यो ।”

यलम्बर उद्यानमा अघिल्लो आर्थिक वर्षमा नै भुईँ तहको काम सम्पन्न भएको थियो । गत आर्थिक वर्षमा वडाबाट उद्यानको घेराबाराका लागि रु एक लाख बजेटको योजना प्रस्ताव गाउँपालिकामा गएको थियो । गाउँसभाले रु एक लाखले अपेक्षित काम हुननसक्ने भन्दै थप रु एक लाख विनियोजन गर्ने निर्णय गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहालका अनुसार घेराबाराका लागि बजेट छुट्याइएको भए पनि उपभोक्ताले ठूलो रकम आएको भन्दै छत ढलान गर्ने योजना अघि बढाएका थिए ।

 दाहालका अनुसार उपभोक्ता समितिका पदाधिकारीले उक्त वडामा खटिएका प्राविधिकको सल्लाह लिएनन् । जनप्रतिनिधिको सुझावसमेत कार्यान्वयन गरेनन् । अझ उनीहरुमध्ये केहीले आफूहरु निर्माणकार्यमा दक्ष मिस्त्री भएको भन्दै प्राविधिकलाई दुव्र्यवहार गरे । “वडा नं ७ मा काम गर्न धेरै गाह्रो भयो भनेर प्राविधिकहरुले गुनासो गर्नुहुन्छ । हामीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायतलाई भन्दै आएका पनि थियौँ” प्रमुख प्रशासकीय अधिकृत दाहालले भन्नुभयो, “तर यही योजनामा अवरोध र दुव्र्यवहार भएको भनेर सुनाउनुभएको थिएन ।”प्राविधिकको सल्लाह मान्न अस्वीकार गरेका उनीहरुले आफ्नै विवेकले छत ढलान गरेका थिए ।

 अघिल्लो वर्ष नै निर्माण गरिएका पिलरलाई आधार मानेर ढलान गर्ने क्रममा चित्रा ओछ्याइएको, टाइपिङ नसकिएको, गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको प्रमुख प्रशासकीय अधिकृत दाहालको भनाइ छ । उपभोक्ता समितिले समेत ठेक्का लगाउनु, निर्माणको न्यूनतम मापदण्ड पूरा हुन नसक्नु, बालुवा र गिट्टीसमेत गुणस्तरहीन प्रयोग गर्नुले गम्भीर दुर्घटना भएको उहाँको भनाइ छ । वडाध्यक्ष तामाङ पनि प्राविधिकहरुले पटक–पटक गुनासो गरेपछि आफूले सम्झाउने प्रयास गर्दासमेत उपभोक्ता समितिका पदाधिकारीले नमानेको बताउनुहुन्छ ।

 रु दुई लाखको उक्त योजना सम्पन्न गर्न स्थानीय टेकबहादुर राईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । तर उपभोक्ता समितिले मृतक जगतबहादुर राई, रुद्र राईसहित अन्य स्थानीयलाई निर्माणको ठेक्का दिएको पाइएको वडाध्यक्ष तामाङको भनाइ छ । ढलान गरेपनि काम गुणस्तरहीन भएको भन्दै गाउँपालिकाले गत असार २९ गते रु एक लाख ५३ हजार रकम निकासा दिएको प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिनुभयो ।

 प्रहरीले समेत निर्माणकार्य गुणस्तरहीन र प्राविधिक ‘स्टिमेट’एवं प्राविधिकको सल्लाह नै नलिई गरिएका कारण ‘सटिङ’खुस्काउने क्रममा सबै ढलान खसेको पाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले भन्नुभयो, “ढलान भएको छत सबै भाँचिएको, फुटेको छ । गुणस्तरीय भएको भए यस्तो नहुनुपर्ने हो ।”स्थानीयवासी ढलानका लागि लगाइएको सटिङमा मात्रै ढलान अडिएको, करीब १८ फिट लम्बाइको ढलानको बीचमा पिलर नभएका कारण छत झरेको बताएका छन् । मृतकहरु दुवैको सोमबार पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द