२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा सरकारी धर्मशाला व्यक्तिको कब्जामा

८ श्रावण २०७६, बुधबार ०६:१५

साउन ८, डोटी  | जिल्लामा भएको सयौँ सरकारी धर्मशाला पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै पहल नचालेको स्थानीयको आरोप छ । त्यस्तै कतिपय धर्मशालाको उचित संरक्षण नहुँदा वर्षेनी भत्किने तथा जीर्ण बन्दै गएकोप्रति स्थानीयले दुखेसो पोख्ने गरेका छन् । 

यसै सिलसिलामा जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ दिपायलस्थित पुलबजारमा रहेको राणाकालमा निर्माण भएको सरकारी धर्मशाला एक जना व्यक्तिले आफ्नो निजी आवासका रुपमा प्रयोग गरेको पाइएको छ । तत्कालीन समयमा गाउँबाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायललगायतका ठाउँमा आवतजावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले निर्माण गरिएको उक्त धर्मशाला वर्षौंदेखि घचेट्टा नामले चिनिने भारतीय नागरिकले आफ्नो निजी आवासका रुपमा प्रयोग गरेका छन् । 

उक्त धर्मशालालाई निज भारतीय नागरिक घचेट्टाले कोठाभित्रमा आफू बस्ने तथा कोठा बाहिरको चौरमा आफ्ना खच्चर बाध्ने गरेको दिपायल पिपल्लाका स्थानीय तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “घचेट्टाले धर्मशाला पूरै आफ्नो निजी आवास बनाएका छन् तर उनलाई हटाउन कसैले पनि प्रयास गरेको छैन ।”

उक्त धर्मशाला मात्र नभई जिल्लामा रहेको अधिकांश धर्मशाला केही व्यक्तिले प्रयोग गर्दैआएका छन् भने कोही प्रयोग तथा मर्मतसम्भार नहुँदा दिनहुँ भत्किँदै जीर्ण बन्न थालेका छन् । त्यस्तै जिल्लाको शिखर नगरपालिका–१ नापानी भन्ने ठाउँको पर्यटकीय क्षेत्रमा रहेको तत्कालीन राजा स्व वीरेन्द्र शाहको पालामा निर्माण भएको सिलेटले छाएको पक्की धर्मशालामा पनि निजी आवासजस्तै भएको छ । उक्त धर्मशालालाई त्यहाँका स्थानीय तथा लेकमा गोठ निर्माण गरेर बसेका भैँसी गोठालाले वर्षौंदेखि आफ्ना भँैसी बाध्ने काममा प्रयोग गर्दै आएको शिखर नगरपालिका–१ गुठेउडीका स्थानीय करन नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले धर्मशालामा गाई गोरु बाँधेको र मान्छे सुतेको पैसा लिन्थे अहिले, व्यक्तिले निजी बनाएको छ, कसैले किन व्यक्तिगत बनाइस भनेर कुरा उठाएको छैन ।”उक्त धर्मशालाको बाटो हुँदै आवतजावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले सरकारले केही थान खटिया तथा बेड विस्तारासमेत उपलब्ध गराएको थियो । 

उक्त सरकारी धर्मशालाको रेखदेखका लागि कर्मचारी खटाइए पनि पछिल्लो समय सरकारी क्षेत्रबाट कर्मचारी र चौकीदारका लागि रकम आउन छोडेपछि धर्मशाला लथालिङ्ग हुनुका साथै व्यक्तिले निजी आवास बनाउन थालेको स्थानीय करन ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “धर्मशाला रेखदेखदेखि मर्मतसम्भारका लागि सरकारबाट आउने रकम बन्द भयो, कर्मचारी पनि गए, अहिले व्यक्तिले निजी घरजस्तै बनाएका छन् ।” उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका पाटीपौवा र धर्मशाला सार्वजनिक भएको तथा यसको संरक्षण गर्नु सबैको दायित्व भएकाले व्यक्तिगत रुपमा प्रयोग गर्न नहुने बताउनुभयो । 

जिल्लाभरिका सरकारी धर्मशाला, पाटीपौवा कति छन भन्ने एकिन तथ्याङ्क कुनै कार्यालयमा नभए पनि जिल्लाभरिमा कूल १०० भन्दा बढी यस्ता पुराना धर्मशाला, पाटीपौवा भएको हुनसक्ने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “जिल्लाभरिमा कति वडा धर्मशाला, पाटीपौवा छन्, आधिकारी तथ्याङ्क छैन तर १०० भन्दा बढी नै छन्, कसैको पनि संरक्षण तथा मर्मतसम्भार गरिएको भने पाइँदैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला