२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको रत्ननगर छाडा चौपाया राख्न कान्जिहाउस बनाउदैं

८ श्रावण २०७६, बुधबार ०६:४१

 साउन ८, चितवन  | रत्ननगर नगरपालिकाले छाडा चौपाया राख्नका लागि कान्जिहाउस निर्माण अन्तिम चरणमा पु¥याएको छ । रत्ननगर नगरपालिका–१६ भूतियाखोलाको छेउमा कान्जिहाउस निर्माण गरिएको हो ।

नगरपालिका प्रमुख नारायण वनका अनुसार साउन मसान्तसम्ममा पहिलो चरणको काम सकेर छाडा चौपाया राख्न शुरु गरिनेछ । झण्डै एक बिघा जमीनलाई तारबार गरी त्यसभित्र टहरा, टौवा, पानीको व्यवस्था, हेरालु बस्ने ठाउँ निर्माण गरिँदैछ । मुख्यरूपमा दूध दिन छाडेका गाई, उन्नतजातको गाईको बाच्छा बजारमा छाडिदिँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।

वनका अनुसार त्यस्ता पशु नगरपालिकालाई प्रतिपशु रु एक हजार तिरेर कान्जिहाउसमा छोड्न सकिनेछ । कान्जिहाउसमा रहेका राम्रा पशुलाई खरीद गरेर पाल्ने व्यवस्था पनि मिलाइने छ । त्यहाँ रहेका पशुको दानापानी, रेखदेखसँगै आवश्यक उपचार पनि गरिने वनले बताउनुभयो । नगरपालिकाभित्र छाडा चौपायाको समस्या बढेपछि पशु अधिकारकर्मी, राजनीतिक दल, विद्वान गुरुहरुलगायतसँगको छलफलपछि कान्जिहाउस निर्माण थालिएको वनको भनाइ छ ।

रत्ननगर क्षेत्र दुग्ध उत्पादनका लागि उर्वर मानिन्छ । पछिल्लो समय उन्नतजातका गाई पाल्ने क्रम बढेको छ । ती गाईका दूध दिन छाडेपछिका माउ र बाच्छो प्रयोगमा आउँदैनन् । जसका कारण कृषकले त्यस्ता पशु छाडा छोड्दा समस्या हुँदै आएको छ । पशु थपिँदै गएपछि थप टहरा निर्माण गरिँदै लगिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ