2026-09-01 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको रत्ननगर छाडा चौपाया राख्न कान्जिहाउस बनाउदैं

 साउन ८, चितवन  | रत्ननगर नगरपालिकाले छाडा चौपाया राख्नका लागि कान्जिहाउस निर्माण अन्तिम चरणमा पु¥याएको छ । रत्ननगर नगरपालिका–१६ भूतियाखोलाको छेउमा कान्जिहाउस निर्माण गरिएको हो ।

नगरपालिका प्रमुख नारायण वनका अनुसार साउन मसान्तसम्ममा पहिलो चरणको काम सकेर छाडा चौपाया राख्न शुरु गरिनेछ । झण्डै एक बिघा जमीनलाई तारबार गरी त्यसभित्र टहरा, टौवा, पानीको व्यवस्था, हेरालु बस्ने ठाउँ निर्माण गरिँदैछ । मुख्यरूपमा दूध दिन छाडेका गाई, उन्नतजातको गाईको बाच्छा बजारमा छाडिदिँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।

वनका अनुसार त्यस्ता पशु नगरपालिकालाई प्रतिपशु रु एक हजार तिरेर कान्जिहाउसमा छोड्न सकिनेछ । कान्जिहाउसमा रहेका राम्रा पशुलाई खरीद गरेर पाल्ने व्यवस्था पनि मिलाइने छ । त्यहाँ रहेका पशुको दानापानी, रेखदेखसँगै आवश्यक उपचार पनि गरिने वनले बताउनुभयो । नगरपालिकाभित्र छाडा चौपायाको समस्या बढेपछि पशु अधिकारकर्मी, राजनीतिक दल, विद्वान गुरुहरुलगायतसँगको छलफलपछि कान्जिहाउस निर्माण थालिएको वनको भनाइ छ ।

रत्ननगर क्षेत्र दुग्ध उत्पादनका लागि उर्वर मानिन्छ । पछिल्लो समय उन्नतजातका गाई पाल्ने क्रम बढेको छ । ती गाईका दूध दिन छाडेपछिका माउ र बाच्छो प्रयोगमा आउँदैनन् । जसका कारण कृषकले त्यस्ता पशु छाडा छोड्दा समस्या हुँदै आएको छ । पशु थपिँदै गएपछि थप टहरा निर्माण गरिँदै लगिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला