2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा सर्पले डसेका बिरामीको चाप बढ्यो

साउन ८, विराटनगर  |  विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी)मा सर्पले डसेका बिरामीको चाप बढेको छ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो ।

सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको सो अस्पतालका आकस्मिक कक्षका प्रमुख डा सङ्ज्ञा ज्ञवालीले बताउनुभयो । गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले डसेका बिरामीको उपचार भएको बताउँदै उहाँले सर्पले डसेर उपचारका लागि अस्पताल आएका बिरामीमध्ये अहिलेसम्म कसैको मृत्यु नभएको जानकारी दिनुभयो ।

 उपचारका लागि अस्पतालमा आएका यस्ता बिरामीमध्ये पाँच प्रतिशत सर्प डसेको हुन सक्ने शङ्काका आधारमा आउने गरेकोे उहाँको भनाइ छ । समयमै उपचार नपाउँदा गत वर्ष सर्पले डसेको दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।  

सर्पले डसेका अधिकांश बिरामी ग्रामीण क्षेत्रबाट आउने गरेको जानकारी दिँदै डा ज्ञवालीले यस्ता बिरामीको उपचारका लागि औषधिको अभाव नरहेकोे बताउनुभयो । 

वर्षाको मौसममा सर्तकता अपनाउनु पर्ने, घर सफाइमा ध्यान दिनुपर्ने, दुलो टाल्नु पर्ने, राति सुत्दा झुल लगाएर मात्र सुत्ने र राति बाहिर निस्कँदा टर्चलाइट बालेर मात्र निस्कनुपर्ने सुझाव डा. ज्ञवालीको छ । 

सर्पले डस्ने बित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा व्लेडले चिर्नेलगायतका कार्य नगरी तुरुन्त अस्पताल आउन उहाँले आग्रह गर्नुभयो । 

उहाँले जेठदेखि अहिलेसम्म २५ जना डेङ्गुका बिरामी उपचार गर्न आएको बताउनुभयो । उहाँले यस वर्ष झाडापखाला लागेर आउने बिरामीको सङ्ख्या गत वर्षभन्दा घटेको बताउनुभयो । झाडापखालाबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने, खानु अघि हात धोएर मात्र खाने, दूषित पानी नपिउने, बासी र सडेगलेका खानेकुरा नखाने, फलफूल र हरियो सागसब्जी सफा पानीले पखालेर मात्र खाएमा यसबाट सजिलै बच्न सकिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई