2026-10-23 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङको दोर्दीखोलाको बाढीमा चार जनाको शव फेला

साउन ८, लमजुङ । भारी वर्षासँगै दोर्दीखोलामा आएकाले बाढीले बगाएका चार जनाको शव भेटिएको छ । आज दिउँसो दोर्दी गाउँपालिका– ६ ढोडेनीमाथि लेकबाट अचानक बाढी आउँदा दोर्दीखोलाले बगाएको चार जनाको शव दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार शव भेटिए पनि पहिचान हुन सकेको छैन । आधा दर्जनभन्दा बढी घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक गुरुङले बताउनुभयो ।

उक्त क्षेत्र आसपासका स्थानीय र दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार बाढी आउँदा भागेका थिए ।

दोर्दीखोलामा निर्माणधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको र काम गर्ने ठाउँमा बाढी छिर्दा धनजनको क्षति भएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताउनुभयो । उहाँका अनुसार केही कामदार पुरिएको आशङ्का गरिएको छ ।  

नौथर शेराका स्थानीय लक्ष्मण गुरुङले घाइतेलाई स्थानीयले उपचारका लागि विभिन्न अस्पतालमा पठाएको बताउनुभयो । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र के कति धनजनको क्षति भएको भन्ने सबै जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने