२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा घर–घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चोरी गर्ने गिरोह पक्राउ

२०७६, ८ श्रावण बुधबार १५:५१

 साउन ८, धादिङ । घर–घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चोरी गर्ने एक गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरी सार्वजनिक गरेको छ । धादिङबँेसी र आसपासका क्षेत्रमा मोबाइल, सुनका गरगहना, ढलौटका कचौरा, करुवालगायतका सामग्री चोरी गरी लुकाई राखेको अवस्थामा सामाग्रीसहित तीन युवालाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो । 

नीलकण्ठ नगरपालिका–३ एमालेचोकका चोकनारायण श्रेष्ठले गत असार ९ गते आफ्नो मोबाइल हराएपछि जिल्ला प्रहरी कार्यालयमा सामान खोजी गर्न निवेदन दिनुभएको थियो ।

श्रोष्ठको निवेदन र जिल्ला सदरमुकाम तथा आसपासका क्षेत्रमा मोबाइल र अन्य सामाग्री निरन्तर हराइरहेका भन्ने प्रहरीमा आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा नीलकण्ठ–४ का २० वर्षीय सुजन ठकुरी, १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षीय निशान सुन्दास रहेका छन् । प्रहरीले मोबाइल चोरको सुराकीका आधारमा सुन्दासको कोठा खानतलासी गरेपछि चोरी गरेर राखेका सामग्री फेला पारेको थियो ।

उनीहरुका साथबाट विभिन्न ब्राण्डका १२ थान मोबाइल, दुई खुकुरी, दुई ढलौटका लोटा, १४ ढलौटका कचौरा, चोरी गर्नमा प्रयोग गरिएको फलामको हम्मर, रेन्ची, लाइटर, सुनजस्तै देखिने मङ्गलसुत्र र माला प्रहरीले बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह