2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका दुई गाँउपालिकामा खाद्यान्न पठाइने, निःशुल्क एम्बुलेन्स प्रदान

साउन ९, विराटनगर (रासस) | प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले उदयपुर जिल्लाको दुई गाउँपालिकामा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि तत्काल हेलिकप्टरमार्फत खाद्यान्न पठाउने निर्णय गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

उदयपुरको लिम्चुङवुङ र ताप्ली गाउँपालिकामा अविरल वर्षा र पहिरोका कारण त्यहाँ पग्ने बाटो अवरुद्ध भएकाले खाद्यान्न अभावका कारण स्थानीय जनता भोकभोकै बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न तत्काल सात दिनका लागि पुग्ने ७०० क्विन्टल चामललगायत दाल, नुन र खानेतेल हेलिकप्टरमार्फत पठाउने भएको हो ।

साथै बैठकले उक्त दुई गाउँपालिका पुग्ने अवरुद्ध सडक सञ्चालन गर्नका लागि प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सङ्घीय निकायसँग समन्वय गरी कार्य अघि बढाउने निर्णय गरेको छ । बैठकले बाढीपहिरोबाट मृतकको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । प्रदेश सरकारले बेपत्ता व्यक्तिको उद्धार र खोजीकार्यलाई तदारुकताकासाथ अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

बाढीपहिरोबाट विस्थापित परिवारलाई राहत र पुनःस्थापना गर्न   सम्बन्धित निकायको समन्वय र सहकार्यमा प्रभावकारी ढङ्गबाट कार्य अगाडि बढाउने भएको छ । अविरल वर्षा अझ केही दिन रहनसक्ने भनी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट सार्वजनिकरूपमा जानकारी भएकाले यसबाट पर्न सक्ने विपद्लाई ध्यानमा राखी सुरक्षित स्थानमा सर्न र सचेत रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ । प्रदेशमा यस वर्ष आएको बाढीपहिरो र डुबानबाट २९ जनाको मृत्यु, आठ बेपत्ता र २१ घाइते भएका छन् ।

निःशुल्क एम्बुलेन्स प्रदान 

नोबेल शिक्षण अस्पताल विराटनगरले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पुर्याउन सहज होस् भनी पाँचथर जिल्लामा एक थान एम्बुलेन्स  बुधबार प्रदान गरेको छ । अस्पतालका सञ्चालक डा सुनिल शर्माले पाँचथर नमूना बाल तथा युवा क्लबलाई रु ११ लाख मूल्यको बराबरको एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा पाँचथर सदरमुकाम फिदिममा बुधबार आयोजित कार्यक्रममा नोबेल अस्पताल सञ्चालक डा शर्माले क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलाई चाबी हस्तान्तरण गर्दै एम्बुलेन्स सेवा शुभारम्भ गर्नुभएको हो । हस्तान्तरण समारोहमा डा शर्माले पाँचथरका अतिविपन्न १०० बिरामीलाई अस्पतालले निःशुल्क उपचार गर्ने घोषणा गर्नुभयो ।

नेपाली काङ्ग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू, काङ्ग्रेस पाँचथर सभापति नरेन्द्रकुमार केरुङ, महासमिति सदस्य ललित श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वीरदल राई, सङ्घीय समाजवादीका कमल हाङसरुम्वा, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ, सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोक, जिल्ला समन्वय समितिका नरबहादुर गुरुङ, उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल, गैसस महासङ्घका उपाध्यक्ष क्षोमाया तामाङलगायतले एम्बुलेन्स प्रदान गरेकामा डा शर्मालाई धन्यवाद ज्ञापनसहित प्रशंसा गर्नुभयो ।

डा शर्माले यसअघि मोरङको पथरीशनिश्चरे–९ पुलचोकस्थित त्रिपुरेश्वर शिव पञ्चायन मन्दिरलाई पनि निःशुल्क एम्बुलेन्स प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई