२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बेलको जुसतर्फ आकर्षण बढ्दै

२०७६, ९ श्रावण बिहीबार ०४:०५

साउन ९, तनहुँ | वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आर्कषण बढ्दै गएको हो ।

बेलको जुस सेवनबाट ग्याष्ट्रिक, रक्तअल्पता, कब्जियतको समस्या समाधान हुने र पाचनशक्ति बढाउने, उच्चरक्तचाप, झाडापखलालगायतका विभिन्न रोगका लागि फाइदा हुने भएपछि यसतर्फ मानिसको आर्कषण बढ्दै गएको उद्योग सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस वर्षका लागि करीब एक लाख मूल्य बराबरको सामुदायिक वन, सार्वजनिक र व्यक्तिगत जग्गामा रहेको बेल किनेर भण्डारण गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार विसं २०७२ मा त्यस क्षेत्रका सिद्धबतासना, उमाचोक, भीरपानी, डेन्टज्यान्ट, बरच्याङ र पोसिली गरी छ सामुदायिक वन उपभोक्ता समितिले शुरुमा रु चार लाख ६० हजार सङ्कलन गरी बेल जुस उद्योग स्थापना गरेका थिए । घरेलु उद्योगमा दर्ता तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट ल्याबटेष्ट गराई अनुमतिपत्र लिएर उद्योग सञ्चालनमा ल्याएका हुन् ।

हरियो वन कार्यक्रमअन्तर्गत रु १५ लाख, डिभिजन वन कार्यालय तनहुँबाट रु पाँच लाख, घरेलु तथा साना उद्योग विकास समितिबाट रु ९५ हजारलगायतका गरी हालसम्म उद्योगमा करीब रु ३० लाख लगानी भइसकेको छ । हरियो वन कार्यक्रमअन्तर्गत उक्त जुस उद्योगलाई केयर नेपाल, डब्लुडब्लुएफ, डिभिजन वन कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिले गरेको आर्थिक सहयोगबाट जुस प्रशोधन मेसिनलगायतका आवश्यक सामग्री किनेर व्यवस्थितरूपमा उद्योग सञ्चालन गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

“शुरुमा उद्योग सञ्चालन गर्दा बेलको जुसको प्रचारप्रसार नहुँदा बिक्री कमी थियो”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “तर अहिले यसको महत्व बुझेपछि जिल्लाको दुलेगौडा, दमौली, आँबुखैरेनीलगायत पोखरा, बुटवल, काठमाडौँका बजारमा माग बढेको छ ।”

हालसम्म ७०० मिलीमिटरका १२ हजार बोतल बेलको जुस उत्पादन गरिसकेको सो उद्योगले जनाएको छ । प्रतिबोतल रु २०० मा बिक्री गर्ने गरिएको छ भने अहिले एक हजार ५०० बोतल जुस तयारी अवस्थामा उद्योगमा राखिएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवबहादुर रानाभाटले बताउनुभयो । राम्रोसँग व्यवस्थापन गर्न सके बाह्रै महीना बेलको जुस उत्पादन गर्न सकिन्छ । उहाँले भन्नुभयो, “बेलको जुसको साथसाथै अदुवा, लप्सीलगायत स्थानीय फलफूलका जुस उत्पादन गर्ने योजनासमेत रहेको छ ।” जुसको म्याद उत्पादन मितिबाट डेढ वर्षसम्म रहने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको अध्यक्ष रानाभाटले बताउनुभयो । 

वडामा सञ्चालित बेल जुस उद्योगको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेको म्याग्दे–२ का वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले बताउनुभयो । सञ्चालक समितिले उत्पादन गरेको बेल जुसको प्रतिप्याकेट रु ३० का दरले र उद्योग चलाएवापत वार्षिक रु पाँच हजार उक्त छ सामुदायिक वनबाट बनेको व्यवस्थापन समितिलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ । सोही क्षेत्रमा पर्ने सिद्धबतासना सामुदायिक वनमा १६ हजार बेलका बिरुवा रोपिसकिएको छ भने अन्य सामुदायिक तथा निजी वनमा पनि बेलखेतीका लागि प्रोत्साहन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस