२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सिसि क्यामेरा जडान पछि चोरी सिकार शून्य

९ श्रावण २०७६, बिहीबार ०६:२०

साउन ९, कंचनपुर  | कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जासुसी क्यामेरा जडान गरिएपछि चोरी सिकार शून्य भएको छ । निकुञ्जका चोरी सिकार हुनसक्ने सम्भावित दुई दर्जन बढी ठाउँमा क्यामेरा राखिएका छन् ।

“गत वर्ष क्यामेराकै सहायताले चोरी सिकारमा संलग्न तीन जनालाई समात्न सकेका थियौँ”,निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले भन्नुभयो, “क्यामेराको प्रभावकारिताका कारण यस वर्ष चोरी सिकारका मुद्दा शून्यमा झरेका छन् ।”

निकुञ्जमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि क्यामेरामा कैद भएका तस्वीरका आधारमा तत्कालै निकुञ्ज सुरक्षार्थ सुरक्षाकर्मीलाई परिचालन गर्ने व्यवस्थासमेत गरिएको छ । “क्यामेरा जडान हुनुअघि चोरी सिकारमा संलग्नलाई पक्राउ गर्न निकै मुस्किल हुने गरेको थियो”,अधिकृत चौधरीले भन्नुभयो, “चोरी सिकारमा संलग्नलाई पहिचान गर्न गाह्रो थियो, हाल क्यामेरा जडानले चोरी सिकारमा संलग्नको पहिचानसँगै नियन्त्रण गर्नसमेत सहज भएको छ ।”

निकुञ्जबाट हुने काठ तस्करीको कार्यसमेत शून्यमा झरेको उहाँले बताउनुभयो । भारतसँग सीमा जोडिएको टारटरगञ्जको भारतीय बङ्गाली बस्ती चुनौतीका रुपमा रहेको निकुञ्जका कर्मचारीको भनाइ छ । केही चोरी सिकारका कार्य त्यस क्षेत्रमा हुने गरेका भए पनि भारतीय वन सुरक्षाकर्मीसँगको समन्वयमा निगरानी बढाउने कार्य हुँदै आएको छ ।

जासुसी क्यामेरा जडानले चालू आवको हालसम्म एउटा पनि चोरी सिकारका मुद्दा परेको छैन । निकुञ्जको सिमाना पूर्वमा स्याली नदी, पश्चिममा महाकाली नदी, उत्तरमा चुरे पर्वत र दक्षिणमा भारतीय क्षेत्र पर्दछ । तीमध्ये पूर्व, पश्चिम र चुरे पर्वत नजिकको क्षेत्र चोरी सिकारका लागि संवेदनशील क्षेत्रका रुपमा रहेका छन् । यी क्षेत्रबाट निकुञ्ज छिर्ने ठाउँमा निगरानी बढाइने गरिएको छ । 

निकुञ्जमा ५३ बढी प्रजातिका स्तनधारी, १२ प्रजातिका घस्रने प्रजाति, २० प्रजातिका उभयचर, २५ प्रजातिका माछा, ३५ प्रजातिका पुतली र ४२४ प्रजातिका चरा पाइने गरेका छन् । निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य