2026-07-08 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा निर्माण गरेको ६ महिनामै कार्यालय भवन चुहिँदा कर्मचारी र सेवाग्राही मर्कामा

2019-07-25

साउन ९, उदयपुर  | त्रियुगा नगरपालिकाको कार्यालयमा निर्माण भएको नयाँ भवन ६ महिनामा नै चुहिन थालेको छ । उदयपुरको गाईघाटस्थित सो नयाँ कार्यालय भवन निर्माण ठेकेदार कम्पनीको लापरवाहीका कारण निर्माण सम्पन्न भएको ६ महिनामै छत फुटेर पानी चुहिन थालेको हो ।

गत पुसमा निर्माणसम्पन्न गरेर माघ महिनादेखि प्रयोगमा आएको भवनको छत फुटेर दैनिक पानी चुहिन थालेपछि कर्मचारीहरुलाई सेवा प्रवाह गर्न समस्या भइरहेको छ । कर्मचारी मात्रै होइन, दैनिक पानी चुहिन थालेपछि सेवाग्राहीहरु समेत प्रभावित भएको नगरपालिकाका सूचना अधिकृत विश्वजीत राईले बताउनुभयो । 

सो भवन सिरहाको बालकी निर्माण कन्स्ट्रक्शन प्रालिले निर्माण गरेको उहाँले बताउनुभयो । शुरुमा भवन ठिकै निर्माणसम्पन्न भए पनि अहिले अचानक पानी चुहिन थालेपछि ठेकेदार कम्पनीले लापरवाही गरेर भवन निर्माण भएको हुन सक्ने नगरपालिकाका कर्मचारीहरु बताउँछन् ।

नगरपालिकाको प्राविधिक शाखा, योजना शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाका कर्मचारीहरु कार्यालयमा बस्न नसक्ने अवस्था आएको तथा सेवाग्राहीहरु कार्यालयभित्र छाता ओढेर बस्नुपर्ने अवस्था आएको नगर कार्यालयका कर्मचारी तथा सेवाग्राहीहरु बताउँछन् । भवन चुहिन थालेको र छतसमेत फुट्न थालेको विषयमा तत्काल नै नगरपालिकाले त्रियुगा नगरपालिका–१६ का वडाध्यक्ष मानबहादुर राईको संयोजकत्वमा एक अध्ययन समितिसमेत गठन गरेको त्रियुगा नगरपालिकाले जनाएको छ ।

यदि भवन निर्माणमा ठेकेदारको लापरवाही देखिन आए सम्बन्धित ठेकेदार कम्पनीलाई पत्रचार गरी पुनः भवनको छत ढलान गर्न लगाइने र क्षतिपूर्तिसमेत भराउन लगाउने नगरपालिकाका सूचना अधिकृत राईले बताउनुभएको छ ।

रु २८ लाखको लागतमा उक्त भवनको निर्माण कार्य गत पुसमा सम्पन्न गरेको नगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।

व्यापारिक कारोवारमा कमी 

लगातारको वर्षाको कारण आएको बाढी र पहिरोका कारण उदयपुरको मध्यपहाडी र पश्चिमी पहाडी क्षेत्रका विभिन्न सडक तथा बाटाहरु अवरुद्ध हुन पुगेपछि जिल्लाको व्यापारिक केन्द्र कटारी र गाईघाट बजारको कारोवारमा कमी आएको छ । 

यातायात अवरुद्ध भएपछि गाईघाट बजारको व्यापार पचास प्रतिशतभन्दा बढीले कमी आएको व्यवसायीहरुले बताएका छन् ।

गाईघाटका थोक बिक्रेता धर्मप्रसाद महतोले भन्नुभयो, “पन्ध्र–बीस दिनअगाडि सम्म आफ्नो सामानहरु पहाडी क्षेत्रहरुमा दैनिक पच्चीस हजारदेखि पचास हजारसम्मको खरिद हुने गरेको थियो, अहिले सडक बन्द भएपछि दैनिक दुई हजारको हाराहारीमा व्यापार पनि हुन छाडेको छ, व्यापारमा ह्वात्तै कमी आएको छ ।”

अर्का स्थानीय व्यापारी भरत राईका अनुसार वर्षाका कारण पहाडी सडक अवरुद्ध भएपछि अहिले पहाडी क्षेत्रसँग व्यापार सम्पर्क नै टुट्न पुगेको बताउनुभयो । 

त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अध्यक्ष गजेन्द्रकुमार भगतका अनुसार सडक अवरुद्धका कारण व्यापार हुन नसक्दा व्यापारीहरु प्रभावित भएका छन् । सडक अवरुद्ध र यातायात बन्दका कारण पहाडी क्षेत्रसँग गाईघाटको सम्पर्क टुट्दा यस क्षेत्रका आर्थिक कारोवार ह्वात्तै घटेको बताउनुभयो ।

यस्तै जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजारमा पनि अहिले जिल्लाको पश्चिमी पहाडी क्षेत्रसँग जोडिन सबै सडक अवरुद्ध भएका कारण त्यहाँ पनि आर्थिक कारोवार ह्वात्तै घटेकोे कटारीका व्यापारीहरु बताउँछन् ।

कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर खड्काले कटारीदेखि घुर्मी, बेतिनी, जोड्ने सिद्धिचरण मार्गलगायत कटारी–बाहुनीटार, कटारी–रुपाटार, कटारी–माझखर्क क्षेत्र जोड्ने सबै पहाडी सडक अवरुद्ध हुन पुगेपछि कटारी बजारको कारोबार प्रायः ठप्प भएको बताउनुभयो । 

यसैगरी वर्षाका कारण बाढीपहिरोले गर्दा पहाडी क्षेत्रका अधिकांश सडक अवरुद्ध भएपछि पहाडी क्षेत्रमा दैनिक उपभोग्य समानको अभाव हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले