२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा छुरा प्रहारबाट एक जनाको मृत्यु, दुई घाइते

२०७६, ९ श्रावण बिहीबार ०९:०१

साउन ९,  झापा  | झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५-३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो । 

छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भने सोही वडाका १८ वर्षीय सुजन भुजेल र दमक–३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका थिए । घाइतेमध्ये भण्डारीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा र भुजेलको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

घटनालगत्तै फरार रहेकामध्ये प्रदेश नं १ को प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इप्रका दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट नौ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी भइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै