२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा फरार अभियुक्त पक्राउ

२०७६, १० श्रावण शुक्रबार ०५:४०

साउन १०, चितवन  | चितवन जिल्ला प्रहरी कार्यालयले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतले फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दामा विसं २०७१ वैशाख २१ गते नौ वर्ष कैद र रु ५० हजार जरिवाना फैसला सुनाएकामा  पर्साका जिराभवानी गाउँपालिका–५ शङ्करसरैया बस्ने ३१ वर्षीय महेन्द्र नुनीय महतोलाई प्रहरीले बिहीबार चितवनबाट पक्राउ गरेको हो ।

 लुकीछिपी बसेको सूचनाको आधारमा उनलाई  प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका–९ काँडाघारीबाट पक्राउ गरेकोे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

 महतोले भारत बिहार मजफपुर जिल्ला मुसहरि सर्लाही गाउँ बस्ने २३ वर्षीय सञ्जयकुमार राय यादवलाई नेपालमा राम्रो जागिर लगाइदिन्छु भनी प्रलोभनमा अपहरण गरी नेपालको पर्सा जिल्ला जिराभवानी गाउँपालिका–१ महादेवपट्टिस्थित जिराभवानी मन्दिरमा राखेर रु १० लाख फिरौती माग गरेको भन्दै उनीविरुद्ध विसं २०६७ फागुन २४ गते सो मुद्दा दायर गरिएको थियो । 

बसको ठक्करबाट चार पैदलयात्री घाइते 

चितवनमा बसको ठक्करबाट चार पैदलयात्री घाइते भएका छन् । भरतपुरबाट शरणपुरतर्फ जाँदै गरेको ना४ख ३४९९ नंको बसले बिहीबार राति ८ः३० बजे भरतपुर महानगरपालिका–१६ ठूलोगडीमा चार पैदलयात्रीलाई ठक्कर दिएको हो ।

 घाइते हुनेहरुमा भरतपुर महानगरपालिका–१६ का वर्ष ३० की प्रतिमा बस्नेत, सोही स्थान बस्ने वर्ष २१ की प्रसमता विक, वर्ष ७ का रसिन मगर र वर्ष २७ की रञ्जु थापा घाइते भएको प्रहरी  प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।  घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण