2026-07-08 05:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीसमक्ष सम्पत्ति फिर्ता पाउन उद्योगीको माग

2019-07-26

साउन १०, काठमाडौँ  | नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले आफ्नो स्वामित्वमा रहेको महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता गर्न सरकारसमक्ष माग गर्नुभएको छ ।

 प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार एक ज्ञापनपत्र बुझाउँदै एशियन टेक्स्टाइल एण्ड गार्मेन्टस् काउन्सिलकासमेत पूर्वअध्यक्ष रहनुभएका इनानीले राष्ट्रिय वाणिज्य बैंकले आफ्नो उद्योगको सम्पूर्ण सम्पत्ति २०५८ सालदेखि कब्जा गरेकाले आफू मर्कामा परेको गुनासो गर्दै नेपाल सरकारबाट जाँचबुझ समिति गठन गरी सम्बन्धित दोषीमाथि कारवाही गरी आफ्नो सम्पत्तिको क्षतिपूर्तिसहित फिर्ता दिलाउन माग गर्नुभएको छ ।

सन् २००० मा स्थापना भएको आफ्नो सो उद्योगले अमेरिका र क्यानडामा नेपाली तयारी पोशाक ठूलो मात्रामा निर्यात गरी निर्यात ब्यापारमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै इनानीले बाणिज्य बैँकले आफूमाथि सिर्जना गरेको कृत्रिम ऋणसमेत तिर्न तयार हुँदा बैँकले स्वीकार नगरी आफ्नो सम्पत्ति हिनामिना गरेको आरोप लगाउनु भएको छ ।

उहाँले प्रधानमन्त्री कार्यालयबाट आफूले न्याय पाउने विश्वास व्यक्त गर्नु भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले